सिंगापुरको निर्वाचनमा सत्तारुढ दलको निर्णायक जित
सिंगापुर । शनिबार सिंगापुरमा भएको आम निर्वाचनमा प्रधानमन्त्री लरेन्स वोङ र उनको पिपुल्स एक्सन पार्टी (पीएपी)ले जित हासिल गरेको छ । पार्टीले ९७ संसदीय सिटमध्ये ८७ सिट जित हात पारेको छ । ‘हामी बलियो जनादेशको लागि आभारी छौँ’ विजयपछि प्रधानमन्त्री वोङले भने ।
यस चुनावमा मुख्य प्रतिस्पर्धा १९६५ देखि सत्तामा रहेको पिपुल्स एक्सन पार्टी (पीएपी) र मुख्य विपक्षी वर्कर्स पार्टी (डब्ल्यूपी) बिच थियो । यी बाहेक अन्य कयौँ साना दल पनि चुनावी मैदानमा उत्रिएका थिए । देशभरका २६ लाख मानिसहरूले १२४० मतदान केन्द्रहरूमा ९२ सिटका लागि मतदान गरेको निर्वाचन विभागले जनाएको छ ।
सिंगापुरका संसदीय सिटहरू दुई भागमा विभाजित छन् । एकल सदस्य निर्वाचन क्षेत्र (एसएमसी) र समूह प्रतिनिधित्व निर्वाचन क्षेत्र (जीआरसी) । जीआरसी मा ४–५ जना उम्मेदवारहरूको टोलीले प्रतिस्पर्धा गर्छ, जसमध्ये कम्तिमा एक जना अल्पसंख्यक समुदाय (मलय, भारतीय, वा अन्य )बाट हुनुपर्छ । त्यस्तै, एउटा सिटमा पीएपीले निर्विरोध जितेको छ ।
१९४८ मा भएको पहिलो आम चुनावपछि यो सिंगापुरको १९ औं र १९६५ मा स्वतन्त्रता पछि १४ औँ चुनाव हो । लगभग २० वर्ष पदभार ग्रहण गरेपछि ली सिएन लुङले राजीनामा दिएपछि प्रधानमन्त्री वोङले गत मे महिनामा नयाँ प्रधानमन्त्रीको रूपमा शपथ लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण