आठौँ राष्ट्रिय समावेशी म्युजिक अवार्डमा मिलन र मिस पवी उत्कृष्ट, अन्य कसले पाए अवार्ड ?
काठमाडौँ । आठौँ संस्करणको राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड) २०२५ भव्य रूपमा सम्पन्न भएको छ । पावर ईन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल) को आयोजनामा शनिबार साँझ काठमाडौँमा सम्पन्न समारोहमा थुप्रै सेलिब्रेटीले अवार्ड प्राप्त गरे ।
अवार्डमा बन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरी, पिम नेपालका सल्लाहकार तथा नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौला, अभिनेत्री चैत्यदेवी सिंह, बसुन्धरा भुसाल, गायिका देवीका बन्दना, प्रहरी अतिरिक्त महानिरीक्षक तथा गीतकार टेक तामाङ, डा. सुभाष घिमिरे लगायतले अवार्ड प्रदान गरेका थिए ।
वरिष्ठ संगीतकार सुरेश अधिकारीले ‘संगीत रजत सम्मान’ र रङ्ग पत्रकार करिष्मा केसीले ‘संगीत पत्रकारिता पुरस्कार’ प्राप्त गरेको कार्यक्रममा पिम नेपाल विशिष्ट चलचित्रकर्मी सम्मान कलाकार उत्तम केसी, टेलिभिजन सञ्चारकर्मी सम्मान राज श्रेष्ठ, डायस्पोरा सम्मान संगीतकार केशव पौडेल, युवा प्रतिभा सम्मान(गीतकार/पर्वतारोही) पुरुषोत्तम सानु, युवा उद्यमी सम्मान सुरेश कार्की र लोक गायक सुशील ज्ञवाली तथा गायिका अनिता कुँवर सम्मानित भए ।
‘नेपाली हुनुमा गर्व गरौँ कला र संस्कृतिको जगेर्ना गरौँ’ भन्ने मुल नारा लिएर विगत ८ वर्षदेखि आयोजना हुँदै अवार्डमा ७ भाषा र भाका सहितका कुल ४० विधामा ५३ जनालाई अवार्ड प्रदान गरियो ।
कार्यक्रममा मिलन नेवार, सिमा थापा, राम प्रसाद अवस्थी, गीता सापकोटा हुमागाईँ, जि.एम दिपु दिपेन्द्र, लिला राज काम्वाङ, राजन राज शिवाकोटी, सौगात जङ्ग, शोभा पाण्डे, साईराज खाती/मुना ठटाल, पवित्रा शाँखी मिस पवि लगायतले अवार्ड प्राप्त गरे ।
चर्चित संगीतकार सन्तोष श्रेष्ठको संयोजक रहेको निर्णायक समितिमा संगीतकार जुगल डङ्गोल, सञ्चारकर्मी विजयरत्न तुलाधर, तुलसी गिरी “भावुक”, साहास शाक्य, अमृत खाती, मोडलराज टाइगर, केशव राज भट्ट निर्णायक सदस्यमा थिए ।
सम्पूर्ण भाषा भाषिका कलाकारहरूलाई प्रतिस्पर्धा भन्दा पनि सामूहिक मञ्च प्रदान गरेर आत्मीयता भाईचार र एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले अवार्ड आयोजना हुँदै आएको आयोजक पिम नेपालका अध्यक्ष माधव राज खरेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण