सुहाङले गराए रवि–राँके–भेडेटार सडकबारे ध्यानाकर्षण
काठमाडौँ । एमाले सांसद सुहाङ नेम्वाङले राँके–रवि–भेडेटार सडकको कालोपत्रे कार्य अत्यन्तै सुस्त गतिमा अघि बढिरहेको भन्दै सरोकारवालाको ध्यानाकर्षण गराएका छन् ।
सोमबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै नेम्वाङले भने, ‘पूर्व भौतिक मन्त्री वसन्तकुमार नेम्वाङको निरन्तर पहलबाट २०७५ सालमा ठेक्का प्रक्रिया सम्पन्न भई शिलान्यास गरिएको उक्त सडक पाँचथर, इलाम, धनकुटा र मोरङ जिल्लालाई सञ्जालमा जोड्ने महत्त्व राख्छ ।’
त्यस्तै उनले पाँचथर जिल्लाको गौरवको विषय बन्न सक्ने फिदिम रङ्गशाला, २०७७ मा शिलान्यास भएको, तर अहिले सम्म पनि पूर्णता पाउन सकेको नसकेको भन्दै त्यसले जिल्लाको खेलकुद विकास र युवाको ऊर्जाशील समयको सदुपयोग हुन नसकेको गुनासो गरे ।
साथै उनले बाढीले फेमे खोलाको पक्की पुल बगाएपछि अहिले पनि अवस्था बिग्रिएको फालेलुङ गाउँपालिका र फिदिम नगरपालिका अन्तर्गतका ३ वडाका बासिन्दाले बर्खामा थप कष्ट भोग्नुपर्ने अवस्था रहेकाले समस्या समाधानका लागि आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण