विकास निर्माणका काममा भएको ढिलासुस्ती सरकारले तत्काल हटाउनुपर्छ : सांसद मिजार
काठमाडौँ । नेपाली कांग्रेसकी सांसद सिता मिजारले विकास निर्माणका काममा भएको ढिलासुस्ती हटाउन सरकारसँग माग गरेकी छन् । सोमवार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्नै सांसद मिजारले सरकारसँग यस्तो माग गरेकी हुन् ।
उनले संसद् भवन निर्माणमा भएको ढिलासुस्तीको विषयमा पनि ध्यानाकर्षण गराएकी छन् । उनले सिंहदरबारको हाता भित्र २०७९/०६/१६ मा सम्पन्न गर्ने गरी निर्माण प्रारम्भ भएको सङ्घीय संसद् भवन निर्माण आयोजनाको हालसम्म चौथो पटक म्याद थप हुँदा समेत ८६ प्रतिशत मात्र भौतिक प्रगति भएको उल्लेख गरिन् ।
उनले पटक–पटक उच्च पदस्थ पदाधिकारीहरूले अनुगमन तथा निरीक्षण गरिरहेको संसद् भवन निर्माण भइरहेको आयोजनाको यो अवस्था रहेको भन्दै देशका अन्य भागमा निर्माणाधीन आयोजनाको हालत के होला भनेर सहजै अनुमान गर्न सकिने बताइन् ।
उनले भनिन्, ‘आखिर यस्तो अवस्था कैलेसम्म कायम रहन्छ ? यसमा को जिम्मेवार हुने ? म सरकारसँग यसको स्पष्ट जवाफ चाहन्छु । सो आयोजना यथाशीघ्र सम्पन्न गर्न र सबै प्रकारका आयोजनामा हुने ढिलासुस्ती हटाउन तत्कालै प्रभावकारी कदम चाल्नको लागि सम्माननीय सभामुख महोदय मार्फत म सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण