पशुपतिनाथले चलाएका छन् नेपाली कांग्रेस
नेपालको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसका भ्रातृ संस्थाहरू जति क्रियाशील हुनुपर्ने हो, त्यति भइरहेका छैनन् ।
यसको मुख्य कारण नेपाली कांग्रेसभित्रको अनुशासनहीनताको बढोत्तरी हो । पार्टी र भ्रातृ संस्थाका संगठनमा अनुशासन छैन । पार्टी नेतृत्वभित्र व्यापक गुट र उपगुटको शृङ्खला बढेको छ ।
नेताहरूले आफू बलियो बन्न, संगठनमा आफ्नो प्रभाव देखाउन र संगठनलाई आफूअनुकूल हिँडाउन संगठनहरूमा अनावश्यक हस्तक्षेप गर्ने काम भइरहेको छ । पार्टी नेतृत्वबाटै अधिवेशन गर्न नदिने काम भइरहेको छ ।
यसको एउटा ज्वलन्त उदाहरण नेपाल प्रजातन्त्रवादी प्राध्यापक संघका अध्यक्ष जगत तिमिल्सिनाले संगठनको अधिवेशन गराउन भन्दै दुई पटक प्रयत्न गरे । पार्टीले हस्तक्षेप गरेर अधिवेशन रोकियो । पार्टी र भ्रातृ संस्थामा समूह–समूह छन् ।
तीमध्ये एक समूहलाई निर्वाचनमा गयो भने हार्छु भन्ने लाग्छ । त्यो समूहले महाधिवेशन गर्न हुन्न भन्ने रणनीति बनाइरहेको हुन्छ । त्यसलाई पार्टीभित्रको एउटा गुटले संरक्षण गरिदिन्छ । मुख्य समस्या यही हो ।
यसलाई संगठनको कमजोरी त भनिहाल्न नमिल्ला । कहीँ कहीँ संगठनमा कमजोरी भइहाल्न । जो संगठनमा निर्वाचित भएर आयो, त्यसले जीवनभर कुर्सी छोड्न नचाहने प्रवृत्ति मौलाइरहेको छ । उसले सकभर अधिवेशन टार्दै जाने, अरूलाई आउनै नदिने, नेतृत्वमा ल्याउनै परे पनि आफ्नो ‘एस म्यान’ खोज्ने नेपालको समकालीन राजनीतिको प्रमुख विशेषता हो ।
संगठनमा महाधिवेशनमार्फत राम्रालाई होइन, हाम्रालाई ल्याउनुपर्छ भन्ने मान्यताले बिग्रिरहेको छ । समग्र देशको राजनीति जस्तो छ, नेपाली कांग्रेस पनि त्यसबाट टाढा रहन सकिरहेको छैन ।
नेपाली कांग्रेसका जुन संगठनहरू छन्, तीमध्ये केहीका आफ्नै कमजोरी छन् । केहीमा नेतृत्व तहका गुटहरूले संरक्षण गरेर बिथोल्ने र गिजोल्ने काम गरिरहेका छन् । यसको दह्रो उदाहरण पार्टीले हस्तक्षेप गरेर रोकिएको शुभेच्छुक संस्था प्रजातन्त्रवादी प्राध्यापक संघको निर्वाचन हो ।
तर, बाहिर प्रजातन्त्रवादी प्राध्यापक संघले अधिवेशन गर्न सकेन भनेर प्रचार गर्ने काम भइरहेको छ । यसले के देखाउँछ भने पार्टीले नै अधिवेशन गर्न दिँदैन । अर्कोतिर त्यही पार्टीले बाहिर भन्छ अधिवेशन गर्न सकेनौँ, तिमी नेतृत्वको समिति भंग हुन्छ । यो नमिल्ने कुरा हो ।
संगठनमा महाधिवेशनमार्फत राम्रालाई होइन, हाम्रालाई ल्याउनुपर्छ भन्ने मान्यताले बिग्रिरहेको छ । समग्र देशको राजनीति जस्तो छ, नेपाली कांग्रेस पनि त्यसबाट टाढा रहन सकिरहेको छैन ।
अहिलेको राजनीति सबैभन्दा पहिला आफू, आफू हुन नसके परिवारको मान्छे । संगठन सबैभन्दा पहिले आफू, त्यसपछि एक कार्यकाल मात्रै होइन, सकभर दोस्रो कार्यकाल पनि लम्ब्याउने, अधिवेशन नगर्ने नभए एस म्यानलाई खोजेर जसरी भए पनि जिताउने प्रवृत्ति बढिरहेको छ । यस्तो प्रवृत्ति बढ्नुमा केन्द्रीय नेतृत्व कारक तत्त्व हो ।
यस्तो प्रवृत्ति सुधार्न सबैभन्दा पहिला नेतृत्वमा अनुशासनको डण्डा चलाउन आवश्यक देखिन्छ । निर्वाचनमा कांग्रेसका उम्मेदवारमाथि अन्तर्घात गर्नेहरूलाई एउटा निर्णय गरेर आममाफी दिने प्रचलन बढ्दै गएको छ ।
निर्वाचनमा खुलेआम पार्टी उम्मेदवारलाई हराउन हिँडेकालाई एउटा निर्णय गरेर आममाफी भयो भनिदिनभएन । यस्तो अराजकताले संगठनमा र निर्वाचन नहुँदा कांग्रेस ठुलो पार्टी देखिन्छ ।
कांग्रेसभित्र निर्वाचनमा मत हाले पनि ठिक छ, नहाले पनि ठिक छ । विरोध गरे पनि ठिक छ । जिन्दावाद, मुर्दावाद जे भने पनि ठिक छ । सबैलाई पार्टीले एउटै व्यवहार गर्नु भएन । पार्टीमा अनुशासन के हो भन्ने स्पष्ट मापदण्ड बनाउनुपर्यो ।
निर्वाचनमा खुलेआम पार्टी उम्मेदवारलाई हराउन हिँडेकालाई एउटा निर्णय गरेर आममाफी भयो भनिदिनभएन । यस्तो अराजकताले संगठनमा र निर्वाचन नहुँदा कांग्रेस ठुलो पार्टी देखिन्छ । निर्वाचनमा कांग्रेस परिणामले सानो देखिँदै गएको छ । त्यसैले सांगठनिक अनुशासन बढाउन पर्यो ।
कांग्रेसको मुख्य विशेषता कार्यकर्तालाई स्वतन्त्र छोडिदिनु हो । अरू पार्टीमा जस्तो नैतिक बन्धन छैन । पार्टी र नेतालाई आलोचना गर्न दिइन्छ । त्यो ठिक छ, तर ज्यादाभन्दा ज्यादा विरोध र अन्तर्घात गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्छ । त्यसको ठिकविपरीत पार्टीको आदर्श, सिद्धान्तविपरीत जाने, अन्तर्घात गर्नेलाई केन्द्रबाट संरक्षण भइरहेका उदाहरण प्रशस्त छन्, त्यो रोकिनुपर्छ ।
पार्टीको अनुशासन समिति फितलो छ । कसैलाई हटाउनैपरे समितिको बैठक बस्छ । नभए समितिसँग कुनै कार्यकर्ताको मूल्यांकन, रेकर्ड, अभिलेखीकरण केही पनि छैन । पशुपतिनाथले चलाएका छन् नेपाली कांग्रेस । यसबाट पार्टीलाई मुक्ति दिलाउन समग्र युवा अग्रपंक्तिमा आउनुपर्छ । विचारमा युवाले नेतृत्वलाई धक्का दिनुपर्छ ।
पार्टीले संगठनमा नेतृत्व दिएका र समितिमा राखेकाहरूले पनि पार्टीले दिएको जिम्मेवारी समयमै पूरा गर्ने दायित्व हो भन्ने बुझ्न सक्नुपर्छ । जो–जो भ्रातृ संस्थामा सहजीकरण गर्न भनेर पार्टीले समिति बनाएको छ, उनीहरूले सहयोग गर्नुपर्ने हो ।
त्यसविपरीत सहजीकरण गर्न बनेका समितिले पनि अधिवेशन गर्न नदिइरहेका गुनासाहरू प्रशस्त सुनिन्छन् । यो भन्दा विडम्बना के हुन्छ ? कांग्रेसभित्र असन्तुष्टिको ग्राफ बढ्दै छ । नेतृत्वले कार्यकर्ताको मूल्यांकन गरिरहेको छैन । अनुशासित कार्यकर्ताहरू पाखा लाग्दैछन् । पार्टीमा धनवाद र परिवारवादको नाता बढ्दै छ । यो समग्र नेपालको राजनीतिक आन्दोलनको लोकतान्त्रिक प्रणालीप्रतिको कमजोरी हो ।
यसले नेपाली कांग्रेसको भविष्य त समाप्त हुन्छ नै, नेपालमा लोकतान्त्रिक संस्कारको विकासमा पनि बाधा पुर्याउने देखिन्छ ।
(त्रिभुवन विश्वविद्यालयमा राजनीतिशास्त्रमा प्राध्यापन गरिरहेका डा. घिमिरेसँगको कुराकानीमा आधारित)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण