स्वेच्छाले अमेरिका छाड्ने अवैध आप्रवासीलाई हजार डलर दिँदै छन् ट्रम्प
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अवैध आप्रवासीलाई जसरी भएपनि अमेरिकाबाट लखेट्न चाहन्छन् । यसैबिच ट्रम्प प्रशासनले स्वेच्छाले अमेरिका छोड्ने अवैध आप्रवासीहरूलाई १ हजार डलर र साथमा यात्रा खर्च दिने घोषणा गरेको छ ।
सामूहिक निर्वासनलाई प्रोत्साहित गर्न यो अफर ल्याइएको हो । गृह सुरक्षा विभाग (डएिचएस)ले एक विज्ञप्ति मार्फत यो जानकारी दिएको हो । ‘डीएचएसले गैरकानूनी आप्रवासीहरूलाई सीबीपी (भन्सार र सीमा सुरक्षा) होम एप मार्फत आफ्नो देश फर्कन आर्थिक र यात्रा सहायता प्राप्त गर्ने ऐतिहासिक अवसरको घोषणा गरेको छ ।
स्व–निर्वासनको लागि सीबीपी होम एप प्रयोग गर्ने कुनै पनि अवैध आप्रवासीले १ हजार डलरको भत्ता पनि पाउनेछन्, जुन उनीहरूको देश फर्कने पुष्टि भएपछि (एप मार्फत) भुक्तानी गरिनेछ’ विज्ञप्तिमा भनिएको छ ।
हाल अवैध आप्रवासीलाई पक्राउ गर्ने, हिरासतमा राख्ने र डिपोर्ट गर्न प्रतिव्यक्ति औसत खर्च १७ हजार १२१ डलर हाराहारी छ । भनिन्, ‘यदि तपाईँ यहाँ अवैध रूपमा हुनुहुन्छ भने, गिरफ्तारीबाट बच्न अमेरिका छोड्ने सबैभन्दा राम्रो, सुरक्षित र किफायति तरिका स्व–निर्वासन हो ।’ गृह सुरक्षा मन्त्री क्रिस्टी नोएमले भनिन् ।
हालै मिशिगनमा आयोजित एक र्यालीमा बोल्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकालको पहिलो १०० दिन इतिहासको कुनै पनि अमेरिकी प्रशासनको सबैभन्दा सफल रहेको दाबी गरेका थिए ।
ट्रम्पले अवैध आप्रवासीहरूको निर्वासन बढाउने जस्ता नीतिहरूलाई आफ्नो प्रमुख उपलब्धिहरू मध्ये एकको रूपमा भनेका थिए । ब्रुकिंग्स इन्स्टिच्युसनद्वारा प्रकाशित हालैको विश्लेषण अनुसार, 'प्रशासनले आफ्नो कार्यान्वयन लक्ष्यहरू पूरा गर्न असफल भएको देखिने एउटा क्षेत्र भनेको देश निकालाको संख्या हो ।’
‘निर्वासनको संख्या सामान्य रहे पनि, क्यास्केडिङ प्रभावहरू सम्भावित रूपमा गम्भीर छन्,’ विश्लेषणमा भनिएको छ । यसैबिच, धेरै विज्ञहरूले प्रशासनको आप्रवासन नीतिहरूको प्रभावबारे चिन्ता व्यक्त गरेका छन् ।
‘अमेरिकीहरू गैरकानूनी रूपमा सीमा पार गर्ने आप्रवासीबारे चिन्तित छन्, त्यसैले यो राजनीतिक रूपमा राम्रो मुद्दा भएको छ,’ ब्रुकिंग्स इन्स्टिच्युसनका वरिष्ठ फेलो ड्यारेल वेस्टले भनेका छन् । तर मानिसहरूलाई ट्रम्पको दृष्टिकोण मन नपरेको अनि उचित प्रक्रिया बिना नै मानिसहरूलाई देश निकाला गरिरहेको महसुस सर्वेक्षणहरूले देखाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण