‘जुठे’ टेलिश्रृखलाबाट बाहिरिए राजु मास्टर
काठमाडौँ । टेलिश्रृखला ‘जुठे’ बाट कलाकार राजु मास्टर बाहिरिएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा एक पोष्ट गर्दै टेलिश्रृखलाबाट बाहिरिएको जानकारी दिएका हुन् ।
टेलिश्रृखलामा उनी गोथे नामक पात्रमा देखिदै आएका थिए । मरिचमान श्रेष्ठ ‘बल्छीधुर्वे’ सँग मिलेर उनले यो टेलिश्रृखला लेखन, निर्देशन र अभिनय गर्दै आएका थिए ।
‘जुठे सिरियलको एक पात्र अझै भनौं । सानासाना भाइबहिनीहरूको र बुढाबुढी भएका बा आमाहरूको अनुहारमा हाँसो छर्ने एक पात्र (गोथे) । गोथेको यात्रा जुठेमा भने अब टुङ्गिएको छ’, उनले अगाडि लेखेका छन्,‘आजसम्मको यात्रामा साथ दिने सम्पूर्ण कलाकारज्यूहरू र भगवान रुपी दर्शकहरुलाई मुरीमुरी धन्यवाद दिन चाहेँ ।’
उनले जुठेमा गोथे खोज्ने दर्शकसँग क्षमा माग्दै ‘जुठे’ परिवारलाई आगामी यात्राको शुभकामना समेत दिएका छन् ।
राजुले सिरियलबाट हात झिकेपनि बल्छी धुर्वेले निरन्तरता दिने भएका छन् । जुठेबाट बाहिरिनुको कारण ‘सकस’ टेलिश्रृखलाको व्यस्तता भएको राजु बताउँछन् । तर बल्छीधुर्वेसँगको खटपटका कारण उनले जुठे छोडेको चर्चा बताइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण