नीति तथा कार्यक्रमले सरकारको लय, चरित्र र सामर्थ्य स्पष्ट पारिदियो : उपसभापति वाग्ले
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले सरकारको लय, चरित्र र सामर्थ्य स्पष्ट पारिदिएको टिप्पणी गरेका छन् ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उपसभापति वाग्लेले कांग्रेस–एमालेबिच भएको सात बुँदे सम्झौता समेत मजाकजस्तो भएको टिप्पणी गरेका हुन् । सरकार दुई दलबिचको सम्झौताअनुसार अगाडि बढ्न नसक्दा सम्झौतापत्रमा लेखिएका बुँदाहरू मजाकजस्तो भएको बताए ।
उनले भने, ‘देशका दुई ठुला राजनीतिक दल मिलेर सरकार चलाउँदा उत्साह हुनुपर्ने हो नि त्यस्तो छैन । देशमा ठुलो संकट हुँदा तथा आर्थिक वा प्राकृतिक प्रलय हुँदाखेरि गरिने प्रयोगको नतिजा के छ लगभग शून्य । सात बुँदे सम्झौतामा भनिएको थियो हामी हामी भ्रष्टाचार गर्दैनौँ सुशासन इत्यादि । त्यो आज मजाक भइसकेको छ । आजभोलि टेलिभिजनमा कमेडी कार्यक्रमहरू चलेनन् भने कुनै मन्त्रीलाई उभ्याएर त्यो वाचन गर्न लगाइदिए हुन्छ । नीति तथा कार्यक्रममै संविधान संशोधनको एउटै बुँदा समावेश गरिएको छैन । र अर्थतन्त्रको सुधारको कुरा पनि कतै उल्लेख छैन । त्यस कारण यो दुई तिहाइको सरकारको लय र चरित्र, समार्थ्य यस्तै नै हो त । यो नीति तथा कार्यक्रमले त्यस कुरालाई न्याय गरेको छ जस्तो लाग्छ त ? सत्तारुढ दलकै राजनीतिज्ञहरूसँग छलफल गर्दा ठुलो निराशा भएको मैले पाएको छु । अब यी खुद्रे, मसिना र परीक्षित घोषणाहरूमा नीति तथा कार्यक्रम रुमलिएको छ ।’
नीति तथा कार्यक्रमका आधारमा बजेट निर्माण गरि कार्यान्वयनमा जोड दिनुपर्ने वाग्लेको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
-
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम हो : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण