बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

‘ऊनको स्वीटर’ लाई युनिभर्सल सर्टिफिकेट

मङ्गलबार, २३ वैशाख २०८२, १६ : ५३
मङ्गलबार, २३ वैशाख २०८२

काठमाडौँ । नेपाली चलचित्र ऊनको स्वीटरले केन्द्रीय जाँच समितिबाट युनिभर्सल सर्टिफिकेट पाएको छ । चलचित्रको निर्माता आर्टमाण्डुले सामाजिक सञ्जालमार्फत यसको जानकारी दिएको हो ।

अर्टमाण्डुले भनेको छ, ‘खुसीको खबर ! हाम्रो फिल्म ’ऊनको स्वीटर’ ले केन्द्रीय चलचित्र जाँच समिति बाट युनिभर्सल सर्टिफिकेट बाट प्राप्त गरेको छ । राहतको महसुस गरेका छौँ ।’ 

चलचित्र यही वैशाख २६ गतेदेखि सिनेमा घरहरूमा रिलिज हुँदैछ । चलचित्र २ घण्टा २७ मिनेट ३७ सेकेण्ड रहेको छ ।

अभिनेता विपिन कार्की र अभिनेत्री मिरुना मगरको मुख्य अभिनय रहने फिल्म  नवीन चौहानले निर्देशन गरेका हुन् ।

फिल्ममा विपिन र मिरुनासँगै माओत्से गुरुङ, सुरज तमू, एलेक्स पारस, परीक्षा लिम्बू, मिलन खत्री, अरुण पुन मगर, भावना खपाङ्गी मगर, कवि राई, रुपेश लामा, प्रकाश बस्नेत, लक्ष्मी योङहाङ, प्रेम सुब्बा, इन्द्रनारायण आङदेम्बे र नरेश लावती लगायतका कलाकारको मुख्य भूमिका रहनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप