बेन्जेमाको अल–ईत्तिहादले रोनाल्डोको अल–नासरलाई हरायो
काठमाडौँ । साउदी व्यवसायीक लिग फुटबलको आफ्नो पछिल्लो खेलमा स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो आबद्ध अल–नासर पराजित भएको छ । रोनाल्डोको टोली अल–नासरलाई करिब बेन्जेमा आबद्ध क्लब अल–ईत्तिहादले २–३ गोलले हराएको हो ।
पोर्चुगिज स्टार रोनाल्डो र फ्रान्सेली स्ट्राइकर बेन्जेमा पूर्वसहकर्मी हुन् । यी दुबै खेलाडीले स्पेनिस ‘पावर हाउस’ रियल म्याड्रिडबाट एकसाथ लामो समय व्यवसायीक फुटबल खेलेका थिए । रोनाल्डो र बेन्जेमाले एकै वर्ष रियल म्याड्रिड छाडेका थिए ।
सन् २०२३ मा रियल म्याड्रिड छाडेर यी दुबै खेलाडी साउदी व्यवसायीक लिगमा सक्रिय भएका थिए । बुधबार राति खेलिएको अल–नासर र अल–ईत्तिहादबिचको खेल निकै प्रतिस्पर्धात्मक थियो । खेलमा सुरुवाती अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा अल–नासर पराजित भएको थियो ।
घरेलु मैदानमा खेल सुरु भएको तेस्रो मिनेटमै अल–नासरका लागि सादियो मानेले पहिलो गोल गरेका थिए । ३७औँ मिनेटमा आयमन याहाले अल–नासरको अग्रता दोब्बर बनाएका थिए । तर, खेलको दोस्रो हाफमा अल–नासरले लय गुमाएको थियो ।
त्यसपछि खेलमा उत्कृष्ट पुनरागमन गरेको अल–ईत्तिहादले दोस्रो हाफमा लगातार तीन गोल फर्काएको थियो । अल–ईत्तिहादका लागि ४९औँ मिनेटमा करिम बेन्जेमा, ५२औँ मिनेटमा एनगोलो कान्टे र इन्जुरी समयको चौथो मिनेटमा हुसेम औरले गोल गरेका थिए ।
इन्जुरी समयको सातौँ मिनेटमा अल–ईत्तिहादका मोउसा डियाबी रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए । अल–ईत्तिहाद ३० खेलबाट ७१ अंक बटुल्दै तालिकाको पहिलो स्थानमा आसिन छ । ३० खेलबाट ६० अंक जोडेको अल–नासर भने तालिकाको चौथो स्थानमा आसिन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारकालाई काम गर्न दिऔँ : पूर्वप्रधानमन्त्री भट्टराई
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण