ब्राजिलमा पहिलो पटक व्यक्तिलाई लैंगिक रुपमा तटस्थ घोषित
रियो दि जेनरियो । ब्राजिलको एक उच्च अदालतले ऐतिहासिक फैसला सुनाउँदै पुरुषलाई लिङ्ग तटस्थ घोषणा गरेको छ । अर्थात् उसलाई न त पुरुष मानिनेछ न त महिला भनिनेछ । तर, उच्च अदालतको यो निर्णय पुनरावलोकन गर्न सकिने बताइएको छ । यो फैसला बुधबार ब्राजिलको ब्रासिलियाको सर्वोच्च अदालतले दिएको हो ।
यस्तो छ पुरा मामिला
यो अनुरोध गर्ने व्यक्तिले आफ्नो जन्म प्रमाणपत्रमा लिङ्ग तटस्थ लेखाउन चाहन्थे । निवेदन दिने व्यक्ति पहिले महिला थिइन् तर लिङ्ग परिवर्तन गरेपछि उनी पुरुष बने । यस्तो अवस्थामा उनले पहिले आफूलाई पुरुषको रूपमा वर्णन गर्न माग गरिन् । तर केही समयपछि उनले पछुताइन् अनि आफूलाई लिङ्ग तटस्थ घोषणा गर्न अदालतमा अपिल गरिन् ।
प्यानलका न्यायाधीशहरूले पनि मुद्दालाई नाटकीय रूपमा वर्णन गरे, तर निवेदकले धेरै समस्याको सामना गरिरहेको कुरा पनि स्वीकार गरे । बाँकी न्यायाधीशहरू पनि यसमा सहमत भए । हाल ब्राजिलको उच्च अदालतले यो मुद्दालाई सिल गरेको छ । यो मुद्दालाई सर्वोच्च अदालतमा चुनौती दिन सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण