एनआरएन दक्षिण कोरियाको प्रतिनिधिमण्डलद्वारा राष्ट्रपतिसँग भेट
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन) दक्षिण कोरियाको प्रतिनिधिमण्डलले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गर्दै विशेष छलफल गरेको छ।
मंगलबार भएको उक्त अवसरमा प्रतिनिधिमण्डलले दक्षिण कोरिया लगायत अन्य मुलुकमा रहेका प्रवासी नेपालीहरूले भोगिरहेको समस्या, समाधानका उपाय, आवश्यक जानकारी आदानप्रदान तथा विदेशमा रहेका नेपालीहरूलाई राष्ट्रको हितमा कसरी संलग्न गराउन सकिन्छ भन्ने विषयमा गहन र सकारात्मक छलफल गरेको एनआरएनए दक्षिण कोरियाका अध्यक्ष विपिन गुरुङले जानकारी दिए ।
सो अवसरमा गुरुङसहित एनआरएनए आईसीसी महिला उपाध्यक्ष जुनु गुरुङ, एनआरएन अभियान्ता प्रकाश धमला, नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाका उपसभापति जितेन्द्र महता लगायतको उपस्थिति रहेको थियो।
यो विशेष अवसरमा राष्ट्रपतिले प्रवासी नेपालीहरूले मातृभूमिप्रति देखाएको माया र योगदानको प्रसंशा गर्दै आगामी दिनमा पनि मातृभूमिका लागि काम गर्न आग्रह गरेको बताइएको छ ।
हालै सम्पन्न एनआरएनएको एकता महाधिवेशनमा सहभागी हुन दक्षिण कोरियाबाट एनआरएनए टोली नेपाल आएको थियो । टोलीले अन्य राजनीतिक दल र सरकारी अधिकारीलाई समेत भेटेर प्रवासी नेपालीको समस्याबारे ध्यानाकर्षण गराएको थियो । एनआरएनएमा विवादका कारण हाल दुई वटा समिति छन् । गुरुङ नेतृत्वको समितिले एकता महाधिवेशन गराउने जिम्मेवारी पाएको पूर्वअध्यक्ष शेष घलेलाई साथ दिएको थियो । हालै घलेले गराएको एकता महाधिवेशनबाट केन्द्रमा महेश श्रेष्ठ अध्यक्ष छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण