प्रधानमन्त्री आफैँ ऐन महर बचाउन लाग्नु भएको छ : रश्मिला धामी
काठमाडौँ । अदालतले ऐन महरमाथि मुद्दा चलाउन आदेश दिए पनि प्रधानमन्त्री केपी ओलीको दबाबमा बचाइरहेको आरोप रस्मिला धामीले लगाएकी छन् । बुधबार संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी धामीले सरकारी वकिल कार्यालय र प्रहरी प्रशासनले उन्मुक्ति दिने तयारी गरेकोसमेत आरोप लगाइन् ।
२०८१ माघ ९ गते उच्च अदालत पाटनले आफ्नो पक्षमा फैसला दिए पनि महरको पक्षमा उच्च राजनीतिक संरक्षण तथा दबाबमा कार्यान्वयन नभएको पीडित धामीले गुनासो गरिन् । मुद्दा अगाडि बढाई दोषीलाई कानुनी कारबाही गराउन आफूले रिट दायर गरेपछि र अदालतले न्यायको आशा जगाए पनि ऐन महर खुलेआम हिँडिरहेकोप्रति रोष व्यक्त गरिन् ।
फैसला भएको ४ महिना बितिसक्दा पनि महरलाई पक्राउ नगरिएको बताउँदै धामीले भनिन्, ‘ऐन महरलाई बाहिरैबाट अनुसन्धान गर्ने भन्दै सरकारी प्रशासनले पहुँचको आधारमा आलटाल मात्रै गरेको छैन, गैरजिम्मेवार जवाफ पनि दिने गरिरहेको छ । मैलै जघन्य अपराधको विषयमा न्याय खोजिरहेको छु, के यस्तो अपराधमा पनि बाहिरै राखेर अनुसन्धान गर्न मिल्छ ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण