बढाएको उमेर हद कार्यान्वयन एक/एक वर्ष गरी गर्ने सरकारको प्रस्ताव
सारांश
- सरकारले निजामती सेवाको अवकाश उमेर ६० वर्ष बनाउँदा कार्यान्वयन विधिमा एक/एक वर्ष थप्ने प्रस्ताव गरेको छ।
- गृहमन्त्री रमेश लेखकले अवकाशको उमेर ५८ बाट ६० पुर्याउँदा एक/एक वर्ष गरेर कार्यान्वयन गर्ने धारणा राखेका हुन्।
काठमाडौँ । सरकारले ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा कर्मचारीको अवकाश उमेर ६० वर्ष बनाउँदा अपनाउने कार्यान्वयन विधिमा एक/एक वर्ष गरेर थप्ने प्रस्ताव गरेको छ ।
आज बसेको प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा गृहमन्त्री रमेश लेखकले अवकाशको उमेर बढाएर ५८ बाट ६० पुर्याउँदा कार्यान्वयन एक÷एक वर्ष गरेर गर्ने सरकारको धारणा राखेका हुन् ।
समिति बैठकमा गृहमन्त्री लेखकले भने- ‘निजामती कर्मचारीको उमेर हद बढाउने विषयमा हामी सबैको सहमति छ । बढाउने विषय आर्थिक दृष्टिले पनि उपयुक्त छ । तर, बढाएको उमेर हद कार्यान्वयन कसरी गर्ने भन्ने विषयमा हामीबिच सहमति हुन सकिरहेको छैन । मैले एक/एक वर्ष गरी कार्यान्वयन गरौँ भन्ने प्रस्तव गर्न चाहन्छु ।’
बढाएको उमेर हद मुख्यसचिव एकनारायण अर्यालसहितका कर्मचारीले एकै पटक दुई वर्ष गरी कार्यान्वयन गर्नुपर्ने र लोकसेवा आयोगले तीन पटक गरी कार्यान्वयन गर्नुपर्ने बताएपछि सहमति हुन सकिरहेको छैन ।
आयोगले समितिलाई गत वैशाख ७ गते आयोगको धारणा पठाउँदै ‘ऐन प्रारम्भ भएको मितिले निजामती कर्मचारीको अनिवार्य अवकाश हुने उमेर चालु आर्थिक वर्षसम्म ५८ वर्ष, त्यसपछिको पहिलो ६ महिनासम्मका लागि ५८ वर्ष ६ महिना, त्यसपछिको दोस्रो एक वर्षसम्मका लागि ५९ वर्ष र त्यसको एक वर्ष पछि सबै कर्मचारीको उमेर ६० वर्ष कायम हुनेछ’ राख्न आग्रह गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण