निजी क्षेत्रसँग सहकार्य गर्न सरकार प्रतिबद्ध छ : मन्त्री भण्डारी

समाचार सारांश
- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निजी क्षेत्रसँगको सहकार्यमा राष्ट्रिय अर्थतन्त्र सुदृढ पार्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
- मन्त्री भण्डारीले विराटनगरमा आयोजित मोरङ उद्योग व्यापार सङ्घको साधारणसभामा निजी क्षेत्रको योगदानको प्रशंसा गरे।
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको राष्ट्रिय अर्थतन्त्र सुदृढ पार्न निजी क्षेत्रको सक्रियतामा सरकारले सधैँ सकारात्मक सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नेपालको औद्योगिक केन्द्रका रूपमा स्थापित विराटनगरमा आयोजित मोरङ उद्योग व्यापार सङ्घको ६८ औँ वार्षिक साधारणसभालाई आज सम्बोधन गर्दै उनले भने- ‘राष्ट्रिय अर्थतन्त्र सुदृढ पार्न निजी क्षेत्रको सक्रियतामा सरकारले सधैँ सकारात्मक सहकार्य गर्नेछ, निजी क्षेत्रले नेपाली उद्योग तथा व्यापार क्षेत्रको विकासमा पुर्याउँदै आएको योगदान अतुलनीय छ ।’
नेपाललाई औद्योगिक उत्पादन तथा निर्यातको नयाँ युगमा लैजान उद्योगी व्यवसायीहरूसँगको साझेदारीलाई अझ सशक्त बनाउँदै जाने सरकारको नीति रहेको मन्त्री भण्डारीको भनाइ थियो । साथै उनले औद्योगिक क्षेत्रसँग प्रत्यक्ष सरोकार राख्ने कानुनी, संरचनात्मक तथा प्रक्रियागत सुधारलाई प्राथमिकतामा राख्ने विषय प्राथमिकतामा रहेको जानकारी गराए ।
उनले मोरङ उद्योग व्यापार सङ्घजस्तो प्रतिष्ठित संस्थाले उद्योग–व्यापार क्षेत्रको सशक्त प्रतिनिधित्व गर्दै राज्य र निजी क्षेत्रबीचको सेतुका रूपमा खेल्दै आएको भूमिकाको सराहनासमेत गरे । नेपालकै ऐतिहासिक पहिलो उद्योग वाणिज्य सङ्घ भएकाले यसले व्यावसायिक हकहित मात्रै नभएर समग्र सामाजिक उत्तरदायीत्वसमेत निर्वाह गरिरहेको मन्त्री भण्डारीले उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनकुने घटना: ३२ जनालाई धरौटीमा रिहा गर्न आदेश (सूची सहित)
-
अनेरास्ववियु अपडेटः खुला उपाध्यक्षमा श्रेष्ठ र महासचिवमा धामी विजयी
-
अनेरास्ववियुको अध्यक्षमा कडरिया निर्वाचित
-
तीनकुने घटना: राज्य विरुद्धको कसुरमा संलग्न थप ६ जनालाई थुनामा राख्न आदेश
-
अनेरास्ववियुमा कडा टक्करः तीन सय मत गन्न बाँकी हुँदा कडरिया फेरि अगाडि
-
तीनकुने घटना : दुर्गा प्रसाईँलाई थुनामा पठाउन आदेश