दोस्रो एसकेबिसी बागमती प्रदेश आमन्त्रित तेक्वान्दो प्रतियोगिता सुरु
सारांश
- टोखा नगरपालिकामा दोस्रो एसकेबिसी वाग्मती प्रदेश आमन्त्रित तेक्वान्दो प्रतियोगिता सुरु भयो।
- मेयर प्रकाश अधिकारीले खेलको विकासमा नगरपालिकाको सहयोग रहने बताए, कार्यक्रममा पत्रकार वीरेन्द्र जैरुलाई सम्मान गरियो।
- प्रतियोगितामा वाग्मती प्रदेशका १३ जिल्लाका ५०० भन्दा बढी खेलाडीको सहभागिता छ, विजेतालाई मेडल, ट्रफी र मोबाइल पुरस्कार प्रदान गरिनेछ।
काठमाडौँ । टोखा नगरपालिकाको बसुन्धारामा दोस्रो संस्करणको “दोस्रो एसकेबिसी बागमती प्रदेश आमन्त्रित तेक्वान्दो प्रतियोगिता शनिबारदेखि टोखाको बसुन्धारास्थित हेराल्ड इन्टरनेशल कलेजमा सुरु भएको छ ।
एसकेबिसीको आयोजना र टोखा नगरपालिकाको मुख्य प्रायोजन रहेको प्रतियोगिताको टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी र टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले संयुक्त रूपमा प्रतियोगिताको गरे ।
सो अवसरमा मेयर अधिकारीले तेक्वान्दो खेलको विकास र प्रवर्द्धनका लागि सदैव टोखा नगरपालिका समर्पित रहने बताउँदै टोखा नगरपालिका भित्रका सम्पूर्ण खेलाडीहरूको हक र हितका लागि नगरपालिकाको तर्फबाट सदैव साथ र सहयोग रहने बताए ।
उद्घाटन समारोहमा न्युज २४ टेलिभिजनको कार्यक्रम सिधा कुरा जनतासँगका प्रस्तोता एवं पत्रकार वीरेन्द्र जैरुलाई सम्मान गरिएको थियो । त्यसै गरी आज सम्पन्न १० वर्ष, १२ वर्ष, १४ वर्ष र १७ वर्षमुनिका पुम्से विजेताका साथै गेरोगी १३ वर्ष मुनिका विजेता खेलाडीहरूलाई पदक प्रदान गरिएको छ ।
प्रतियोगितामा बागमती प्रदेशका १३ जिल्लाका ५ सयभन्दा बढी सिनियर जुनियर खेलाडीहरूको सहभागिता रहेको छ ।
सह–आयोजक तथा प्राविधिक सहयोग बागमती प्रदेश तेक्वान्दो संघ रहेको प्रतियोगिता आइतबारसम्म चल्नेछ
प्रतियोगिताका विजेता खेलाडीहरूलाई मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । उत्कृष्ट महिला, पुरुष खेलाडी, उत्कृष्ट प्रशिक्षक र निर्णायक एक÷एक थान ओप्पो मोबाइल सम्मानसहित प्रदान गरिने आयोजक एसकेबिसीका तेक्वान्दो मुख्य प्रशिक्षक रञ्जित डंगौराले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
-
अल्छीपन छोड्नुहोस्, आयु बढाउनुहोस्
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
-
त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित
-
मुख्यमन्त्री विजयसँग प्रेम सम्बन्धको भाइरल हल्लाबिच तृषाले तोडिन् मौनता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण