‘ब्रुकलिन ब्रिज’मा ठोक्कियो मेक्सिकन नौसेना प्रशिक्षण जहाज
आइतबार, ०४ जेठ २०८२, ०९ : २८
सारांश
- न्यूयोर्कको ब्रुकलिन ब्रिजमा मेक्सिकन नौसेनाको प्रशिक्षण जहाज ठोक्कियो, जहाजमा क्षति पुग्यो।
- शनिबार साँझ पुलमुनिबाट जाँदा जहाजको खम्बा पुलमा ठोक्किएको भिडियो सार्वजनिक भयो, केही भाग भाँचियो।
- अमेरिकी मिडियाका अनुसार घटनामा केही मानिस घाइते भए, मेक्सिकन नौसेनाले घटनाको अनुसन्धान भइरहेको जनायो।
न्युयोर्क । न्यूयोर्क सहरको ‘ब्रुकलिन ब्रिज’मा ठोक्किएपछि मेक्सिकन नौसेना प्रशिक्षण जहाजमा क्षति पुगेको छ। यो जहाज त्यहाँ विशेष कार्यक्रमको लागि पुगेको थियो।
शनिबार साँझ जहाज यस पुलमुनिबाट गुज्रिरहेको बेला जहाजमा रहेको अग्लो खम्बा पुलमा ठोक्किएको भिडियो सार्वजनिक भएको छ। रिपोर्टका अनुसार, ठोक्किएपछि जहाजको खम्बाको केही भाग भाँचिएर जहाजमा खसेको थियो ।
अमेरिकी मिडियाले यस घटनामा धेरै जना घाइते भएको रिपोर्ट गरेको छ। न्युयोर्क शहरको आपतकालीन व्यवस्थापन एजेन्सीले राहत कार्यमा संलग्न रहेको बताए पनि थप विवरण भने दिएको छैन।
मेक्सिकन नौसेनाले जहाज क्षतिग्रस्त भएको पुष्टि गरेको छ। घटनाको अनुसन्धान भइरहेको पनि उनले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण