पुटिन र जेलेन्स्कीसँग फोनमा कुरा गर्दैछन् ट्रम्प

समाचार सारांश
- अमेरिकी राष्ट्रपति ट्रम्पले रुसी राष्ट्रपति पुटिनसँग युक्रेन युद्धबारे फोनमा कुरा गर्ने, युद्धविरामबारे छलफल हुने।
- पुटिनले जेलेन्स्कीसँगको प्रत्यक्ष भेटवार्ताको प्रस्ताव अस्वीकार गरे, युद्धविरामका लागि पश्चिमी देशहरूको प्रयास जारी।
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग युक्रेनमा जारी युद्ध अन्त्य गर्ने बारेमा फोनमा कुरा गर्ने भएका छन् । यसपछि लगत्तै उनले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र विभिन्न नेटो देशका नेताहरूसँग पनि कुराकानी गर्ने भएका छन् । पुटिनसँग युक्रेनमा रक्तपात रोक्ने बारेमा कुराकानी हुने उनको भनाइ छ ।
‘आशा छ यो राम्रो दिन हुनेछ, युद्ध विराम हुनेछ र कहिल्यै हुनै नहुने अत्यन्तै हिंसात्मक युद्ध समाप्त हुनेछ’ भन्दै राष्ट्रपति ट्रम्पले शनिबार आफ्नो सामाजिक प्लेटफर्म टुथ सोसमा एउटा पोस्ट पोस्ट गरेका थिए । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पनि ट्रम्पसँगको फोन वार्ताको पुष्टि गरेका छन् । यसको लागि तयारी भइरहेको उनले बताएका थिए ।
आमने–सामने भेट्ने जेलेन्स्कीको प्रस्ताव पुटिनले गरेका थिए अस्वीकार
रुस र युक्रेनबिच युद्धविरामको प्रत्यक्ष वार्ता असफल भएको एक दिनपछि ट्रम्पले यो घोषणा गरेका हुन् । पुटिनले टर्कीमा आमनेसामने भेट्ने जेलेन्स्कीको प्रस्ताव अस्वीकार गरेका थिए । युक्रेन र अमेरिकासहित उसका पश्चिमी सहयोगीहरू ३० दिनको युद्धविराम चाहन्छन् ।
यसैबिच शनिबार नै अमेरिकी विदेश मन्त्री मार्काे रुबियोले रोम भ्रमणको क्रममा आफ्ना रुसी समकक्षी सर्गेई लाभरोभसँग फोनमा कुरा गरेका थिए । उनले रुस–युक्रेन शान्ति वार्ताको लागि भ्याटिकन उपयुक्त स्थान हुन सक्ने सुझाव दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जिपी कोइराला अस्पताललाई तीन सय शय्यामा स्तरोन्नति गरिने
-
एमाले केन्द्रीय सल्लाहकार श्रेष्ठ राप्रपा नेपालमा प्रवेश, अध्यक्ष थापाले भने - जेठ १५ को आन्दोलन शान्तिपूर्ण हुन्छ
-
तीनकुने घटनामा भएको कमजोरी नदोहोर्याउन आईजीपीको निर्देशन
-
करेन्ट लागेर मृत्यु भएका उपेशको परिवारलाई १५ लाख दिने सहमति
-
सुपारीको डीएनए परीक्षणमा सांसदहरूको जोड, विपक्षमा मन्त्री र कर्मचारी
-
सीटीईभीटीका सहायक निर्देशकलाई कालोमोसो