पुटिन र जेलेन्स्कीसँग फोनमा कुरा गर्दैछन् ट्रम्प
सारांश
- अमेरिकी राष्ट्रपति ट्रम्पले रुसी राष्ट्रपति पुटिनसँग युक्रेन युद्धबारे फोनमा कुरा गर्ने, युद्धविरामबारे छलफल हुने।
- पुटिनले जेलेन्स्कीसँगको प्रत्यक्ष भेटवार्ताको प्रस्ताव अस्वीकार गरे, युद्धविरामका लागि पश्चिमी देशहरूको प्रयास जारी।
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग युक्रेनमा जारी युद्ध अन्त्य गर्ने बारेमा फोनमा कुरा गर्ने भएका छन् । यसपछि लगत्तै उनले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र विभिन्न नेटो देशका नेताहरूसँग पनि कुराकानी गर्ने भएका छन् । पुटिनसँग युक्रेनमा रक्तपात रोक्ने बारेमा कुराकानी हुने उनको भनाइ छ ।
‘आशा छ यो राम्रो दिन हुनेछ, युद्ध विराम हुनेछ र कहिल्यै हुनै नहुने अत्यन्तै हिंसात्मक युद्ध समाप्त हुनेछ’ भन्दै राष्ट्रपति ट्रम्पले शनिबार आफ्नो सामाजिक प्लेटफर्म टुथ सोसमा एउटा पोस्ट पोस्ट गरेका थिए । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पनि ट्रम्पसँगको फोन वार्ताको पुष्टि गरेका छन् । यसको लागि तयारी भइरहेको उनले बताएका थिए ।
आमने–सामने भेट्ने जेलेन्स्कीको प्रस्ताव पुटिनले गरेका थिए अस्वीकार
रुस र युक्रेनबिच युद्धविरामको प्रत्यक्ष वार्ता असफल भएको एक दिनपछि ट्रम्पले यो घोषणा गरेका हुन् । पुटिनले टर्कीमा आमनेसामने भेट्ने जेलेन्स्कीको प्रस्ताव अस्वीकार गरेका थिए । युक्रेन र अमेरिकासहित उसका पश्चिमी सहयोगीहरू ३० दिनको युद्धविराम चाहन्छन् ।
यसैबिच शनिबार नै अमेरिकी विदेश मन्त्री मार्काे रुबियोले रोम भ्रमणको क्रममा आफ्ना रुसी समकक्षी सर्गेई लाभरोभसँग फोनमा कुरा गरेका थिए । उनले रुस–युक्रेन शान्ति वार्ताको लागि भ्याटिकन उपयुक्त स्थान हुन सक्ने सुझाव दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण