गोर्खा कपको तयारी अन्तिम चरणमा, अनुमानित खर्च ९० हजार पाउण्ड

समाचार सारांश
- तमुधिं यूकेले गोर्खा कपको २३ औँ संस्करणको तयारी अन्तिम चरणमा पुर्याएको छ, जसमा १५ देखि २० हजार दर्शकको अपेक्षा गरिएको छ।
- गोर्खा कपमा फुटबल प्रतियोगिताका साथै विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरू, सावित्रा भण्डारीको उपस्थिति र स्वास्थ्य शिविरहरू पनि हुनेछन्।
- प्रतियोगितामा मेन क्याटेगोरी, भेट्रान र महिला टिमहरूबीच प्रतिस्पर्धा हुनेछ, विजेतालाई नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ।
लन्डन । तमुधिं यूकेको आयोजनामा यही २५ मे आइतबार हुन गइरहेको २३ औँ संस्करणको गोर्खा कपको तयारी अन्तिम चरणमा पुगेको छ । १५ देखि २० हजार दर्शकहरू सहभागी हुने अपेक्षा गरिएको गोर्खा कप सम्भव विदेशमा बस्ने नेपालीकै उत्कृष्ट र ठुलो इभेन्टको रूपमा परिचित छ । सन् १९९६ देखि सुरु भएको गोर्खा कप कोभिड १९ महामारीबाहेक हरेक वर्ष आयोजना हुँदै आइरहेको छ ।
अल्डरसटस्थित क्विन्स एभिन्यू मैदानमा बिहान ९.३० बजेबाट खेल सुरु भएर साँझ ८ बजे समापन हुने सचिव एवं गोर्खा कप संयोजक दीपक घलेले जनाए । गोर्खा कपको तयारी तथा यसको जानकारी गराउने उद्देश्यले आयोजक संस्था तमुधिं यूकेले शनिबार मिचेटस्थित आफ्नै भवनमा आयोजित पत्रकार सम्मेलनमार्फत उक्त कुराको जानकारी दिएको हो । यसैगरी गोर्खा कप हेर्न आउने दर्शकको सुविधालाई मध्यनजर गर्दै यसपटक नयाँ प्रविधिको प्रयोग गर्न लागिएको आयोजकले बताए । जसबाट आकाशमा हेरेर खेलको गतिविधिबारे जानकारी लिन सकिनेछ ।
गोर्खा कपमा मेन क्याटेगोरिजतर्फ ३२, भेट्रानमा १६ र दुई महिला टिमले प्रतिस्पर्धा गर्ने छन् । मेन क्याटेगोरिज वीनरलाई ३ हजार पाउण्ड, रनर अप १८०० पाउण्ड, भेट्रान वीनर १५०० र रनर अपलाई एकहजार पाउण्ड एवं लेडिजतर्फ वीनरलाई ६ सय र रनर अप हुनेलाई ४ सय पाउण्ड नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र दिइने छ ।
यस पटकबाट ‘लिजेन्ड अफ द फुटबल’ को व्यवस्था गरिएको छ जसमा गोर्खा कपमा हालसम्म उत्कृष्ट प्रदर्शन गर्ने एक जना खेलाडीलाई सम्मान प्रदान गरिने छ ।
गोर्खा कपमा फुटबल खेल मात्र नभएर विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिहरू पनि समावेश हुने छन् । यसपटक गोर्खा कपमा प्यारासुट डिस्प्ले, नेपालबाट युरोपमा खेल्ने पहिलो महिला राष्ट्रिय खेलाडी सावित्रा भण्डारी (साम्बा) को प्रत्यक्ष उपस्थिति, गोरक घले र इंग्ल्याण्ड फुटबल टिमका खेलाडीहरूको सहभागिता, सांस्कृतिक नाच गायन, स्वास्थ्य शिविर (दन्त परीक्षणसहित) पनि गरिने छ ।
पत्रकार सम्मेलनमा तमुधिं यूके अध्यक्ष जुमकाजी गुरुङले गोर्खा कपमा सहभागिताका लागि समस्त बेलायतवासी नेपालीलाई अपिल गरेका छन् । कार्यक्रममा वरिष्ठ उपाध्यक्ष परशु गुरुङले स्वागत मन्तव्य दिएका थिए भने मिडिया सेक्रेटरी एस के गुरुङले सञ्चारकर्मीहरूको परिचय गराएका थिए । सम्पूर्ण नेपालीहरूको प्रतिनिधित्व रहने गोर्खा कप नेपाल र नेपालीकै प्रतिष्ठाको विषय भएको बताउँदै कार्यक्रमलाई प्रचार प्रसार गरि सम्पूर्ण नेपालीहरूसमक्ष पुर्याइदिन गुरुङले सञ्चारकर्मीलाई आग्रह गरे । गोर्खा कपमा फुटबल मात्र नभएर हरेक प्रकारका मनोरञ्जनका साधनहरू हुने भएकाले सबैलाई पूर्ण मनोरञ्जन हुने उनले दाबी गरे ।
टिम ड्र संयोजक हिराबहादुर गुरुङ, सहसंयोजक कुमार घले र सल्लाहकार कुमार गुरुङले टिम ड्र गराएका थिए । अध्यक्ष गुरुङ, गोर्खा कप संयोजक दीपक घले, आमा समूह अध्यक्ष कमलादेवी गुरुङ लगायतले ड्र गरेका थिए ।
टिम ड्रका सहसंयोजक कुमार घलेले मेन क्याटेगोरिजमा ४२ टिम र भेट्रानतर्फ १८ टिमले आवेदन दिए पनि सबैलाई लिन नसकिएको बताए ।
साथै, आमा समूहकी पूर्व महासचिव यशोदा गुरुङले आमा समूह अध्यक्ष गुरुङलाई १० वटा टिसर्ट र ७ टोपी हस्तान्तरण गरेकी थिइन् । यशोदाले गत वर्ष ४० वटा टिसर्ट प्रायोजन गरेकी थिइन् ।
गोर्खा कपको लागि प्रवेश शुल्क ५ पाउण्ड राखिएको छ भने१२ वर्ष मुनीका लागि भने प्रवेश निःशुल्क छ । अनलाइनबाट पनि टिकट खरिद गर्न सकिने छ । सो अवसरमा व्यापारिक, च्यारिटी, प्रहरी आदिका गरि कुल १०३ वटा स्टल रहने छन् । जसमा नेपाली खाना, भेषभूषा तथा हस्तकला जस्ता नेपाली सामग्रीहरूको समेत प्रदर्शनी गरिनेछ । आर्थिक रूपमा निकै खर्चिलो मानिएको गोर्खा कपमा यस पटकको अनुमानित खर्च ९० हजार पाउण्ड अर्थात् डेढ करोड रुपैयाँ भन्दा बढी खर्च हुने आयोजकले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किन चीन भ्रमणमा जाँदैछिन् पूर्वराष्ट्रपति भण्डारी ?
-
पोर्चुगलका लागि रोनाल्डोका छोराको पहिलो गोल, पिताकै शैलीमा खुसीयाली
-
सिंहदरबारमा आउन थाल्यो मेलम्चीको खानेपानी, बोतल र जारको पानी विस्थापन
-
एसियाली मुलुकमा फेरि फैलिँदै कोभिड–१९
-
अत्यावश्यक वस्तुको व्यापार र आपूर्तिमा साल्ट ट्रेडिङको महत्त्वपूर्ण योगदान : मन्त्री भण्डारी
-
सातौँ दिनमा बढ्यो सेयर बजार, ७ अर्ब १३ करोडको कारोबार