गणतन्त्र दिवस तीन दिनसम्म भव्यताका साथ मनाउने निर्णय
सारांश
- सरकारले यस वर्ष पनि गणतन्त्र दिवस तीन दिनसम्म भव्यताका साथ मनाउने निर्णय गरेको छ।
- प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा गणतन्त्र दिवस मूल समारोह समिति गठन गरिएको छ ।
- जेठ १४, १५ र १६ गते सार्वजनिक निकायमा दीप प्रज्ज्वलनसहित त्रिदिवसीयरुपमा मनाइनेछ, जसमा केन्द्र, प्रदेश र स्थानीय तहका सरकारहरू समावेश हुनेछन्।
काठमाडौँ । सरकारले यस वर्ष पनि गणतन्त्र दिवस तीन दिनसम्म भव्यताका साथ मनाउने निर्णय गरेको छ ।
गणतन्त्र दिवस मूल समारोह समिति गठनका लागि सोमबार सिंहदरबारमा बसेको बैठकले गणतन्त्र दिवस भव्यताका साथ मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मूल समारोह समिति गठन गरेको छ ।
मूल समारोह समितिमा उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्रीहरू, काठमाडौँ महानगरपालिकामा प्रमुख, नेपाल सरकारका मुख्यसचिव, प्रधानसेनापति, ललितपुर महानगरपालिकाका प्रमुख, नेपाल सरकारका विशिष्ट श्रेणीका राजपत्राङ्कित अधिकृतहरू, सुरक्षा निकायका प्रमुखहरू लगायत सदस्य रहेका छन् ।
बैठकले यही जेठ १५ गतेको उक्त दिवसका लागि यही जेठ १४, १५ र १६ गते हरेक दिन साँझ सबै सार्वजनिक निकायमा दीप प्रज्ज्वलनसहित त्रिदिवसीयरुपमा मनाउन केन्द्र, प्रदेश र स्थानीय तहका तिनै तहका सरकार र सम्बन्धित निकाय र निजी क्षेत्र र संघ–सस्थालाई समेटेर तहगत समिति र उपसमितिहरू गठन गरिएको छ ।
बैठकमा प्रधानमन्त्री ओलीले गणतन्त्र दिवसलाई भव्यताका साथ जनस्तरमा समेत मनाउन आव्हान गर्दै यसलाई केवल औपचारिकतामा सीमित नराख्न आग्रह गरे ।
गणतन्त्र दिवसको जेठ १५ गतेको मुख्य कार्यक्रम सैनिक मञ्च टुँडिखेलमा हुने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण