अमेरिकाको न्यूयोर्कमा 'नेपाल डे' परेड
सारांश
- न्यूयोर्कमा नेपाल डे परेड सम्पन्न भयो, जहाँ पञ्चेबाजा, भजन र नेपाली गीतहरू गुञ्जिए।
- गैरआवासीय नेपाली संघ, अमेरिका न्यूयोर्क च्याप्टरको आयोजनामा भएको परेडमा विभिन्न संघसंस्थाको सहभागिता रह्यो।
- मेयर एरिक एडम्स र सिनेटर चक सुमरको उपस्थितिमा सम्पन्न परेडमा नेपाली कला, संस्कृति र पर्यटनको प्रदर्शन गरियो।
न्यूयोर्क । अमेरिकाको न्यूयोर्क शहरमा 'नेपाल डे' परेड सम्पन्न भएको छ । न्यूयोर्कको व्यस्त सहर म्यानहाटन आइतबार दिनभर पञ्चेबाजा, भजन र नेपाली राष्ट्रिय गीतले गुञ्जायमान बन्यो ।
पञ्चे बाजा, भजन, देउडा, सोरठी, मैथिली, शेर्पा र तामाङ सेलोले गुन्जिएको परेडमा विभिन्न सङ्घसंस्थाका ब्यानर सहित नेपाली र नेपाली अमेरिकनहरूको समेत उपस्थिति रहेको थियो ।
गैरआवासीय नेपाली संघ, अमेरिका न्यूयोर्क च्याप्टरको मूल आयोजना र स्थानीय नेपाली सङ्घसंस्थाको सहकार्य र समन्वयमा नेपाल डे परेड सम्पन्न भएको हो । नेपालको गणतन्त्र दिवसको सेरोफेरो पारेर सन् २०१६ देखि नेपाल डे परेड गर्न थालिएको हो ।
न्यूयोर्क शहरका मेयर एरिक एडम्स र सिनेटर चक सुमरले उद्घाटन गरेको परेडमा स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
नेपालको विविध कला, संस्कृति र परम्परा झल्किने गरी गरिएको साङ्गीतिक प्रस्तुतिले म्यानहाटन सहरलाई नेपालमय बनाएको थियो । नेपाली पोसाक, झन्डा र ब्यानर सहित नाचगान र बाजा बजाउँदै सहर परिक्रमा गरी आयोजना गरिएको सभामा न्यूयोर्क, न्यूजर्सी र कनेक्टिकटबाट उपस्थित भएका नेपालीहरूले देश प्रेम झल्किने गरी आफ्नो एकता र राष्ट्रिय भाव प्रकट गरेका थिए ।
नेपाली एवं नेपाली मूलका अमेरिकीहरूको बाक्लो उपस्थिति रहेको परेडमा नेपालको पर्यटकीय गन्तव्यसहित, सगरमाथा, लुम्बिनी, जनकपुर एवं पशुपतिनाथको ब्यानर प्रदर्शन गरिएको थियो । स्थानीय एवं पर्यटकहरूले निकै चासो साथ नियालेको परेडमा हरेक कोणबाट जीवनको अनुभव बटुल्न नेपाल भ्रमण गर्नु पर्ने सन्देश पनि दिइएको थियो ।
छिरिङ शेर्पाको अध्यक्षतामा सम्पन्न भएको परेडमा मनिता गुरुङले कन्भेनरको भूमिका निर्वाह गर्नुभएको थियो । परेडका लागि नेपाली महावाणिज्य दूतावास न्यूयोर्कले सहकार्य गरेको थियो । त्यस्तै पत्रकार, मोडल एवं म्यूजिक भिडियो डाईरेक्टर विक्कि पुलामी र डाजिमा शेर्पाको सञ्चालनमा सम्पन्न भएको परेडमा स्थानीय कलाकारहरूले प्रस्तुति दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
-
त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित
-
मुख्यमन्त्री विजयसँग प्रेम सम्बन्धको भाइरल हल्लाबिच तृषाले तोडिन् मौनता
-
तुलसी अधिकारीको थुनछेक बहस सुरु
-
कोरम नपुगेपछि सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण