राप्रपा सांसद कार्कीको कटाक्ष : कांग्रेस सांसदहरू प्रधानमन्त्री खोज्न जानुभयो कि गभर्नर खोज्न
मङ्गलबार, ०६ जेठ २०८२, १३ : ४५
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले नेपाली काँग्रेसका सांसदहरूको उपस्थिति संसद्मा कम रहेको भन्दै आपत्ति जनाएकी छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै कार्कीले कांग्रेस सांसदहरू संसद्मा कम रहेको बताएकी हुन् ।
ठुलो पार्टी भइसकेपछि संसद्मा पनि ठुलै उपस्थिति हुनु जरुरी रहेको उनको भनाइ छ । उनले भनिन्, ‘आज त नेपाली काँग्रेसका माननीयज्यूहरू त सात, आठ जनादेखि बढ्ता त देखिँदैन नि । उहाँहरू कता जानुभयो ? गभर्नर खोज्न जानुभयो की प्रधानमन्त्री खोज्न जानुभयो ? तपाईँहरू एकदमै कम संख्यामा हुनुहुन्छ, ठुलो पार्टी भएको भएर मलाई त शंका लागेको छ ।’
संसद्मा ८ जना भन्दा बढी कांग्रेसका सांसद नदेखिएको उनको आरोप छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण