बडागाउँ र वामी जोड्ने झेँदी पुल निर्माण सम्पन्न
बुधबार, ०७ जेठ २०८२, १० : ५९
सारांश
- मुसिकोट नगरपालिकाको वडा ३ र ७ जोड्ने झेँदी पुल निर्माण सम्पन्न भएको छ। स्वीस सरकारको आर्थिक सहयोगमा पुल बनेको हो।
- पुल ५६.३० मिटर लामो छ र यसको निर्माणमा ५ करोड १७ लाख ५० हजार ६६५ रुपैयाँ खर्च भएको छ।
- २०७६ र २०७७ सालमा पुल भाँचिएपछि यसको डिजाइन परिवर्तन गरी पुनर्निर्माण गरिएको थियो।
गुल्मी । मुसिकोट नगरपालिका–३ बडागाउँ र ७ को वामी जोड्ने झेँदी पुल निर्माण सम्पन्न भएको छ । स्वीस सरकारबाट प्राप्त रु पाँच करोड १७ लाख ५० हजार ६६५ मा निर्माणको काम सम्पन्न भएको हो ।
सडक पुल कार्यक्रमका इञ्जिनियर श्रीराम प्रजापतिका अनुसार ५६.३० मिटर लामो यो पुल लामो समयको प्रयासपछि पूरा भएको हो । यो पुल २०७६ र २०७७ साल वैशाखमा दुई पटक भाँचिएपछि प्रारुप परिवर्तन गरेर नयाँ बनाइएको हो ।
पुलका संरचना भाँचिदा राज्यलाई हानि भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण