जहाँ हिल भएको जुत्ता लगाउन अनुमति चाहिन्छ
सारांश
- क्यालिफोर्नियाको कार्मेल बाई द सी सहरमा २ इन्चभन्दा अग्लो हिलको जुत्ता लगाउन अनुमति लिनुपर्छ।
- यो नियम सन् १९६३ मा लागू भएको थियो, जसको मुख्य कारण रुखका जराका कारण फुटपाथमा मानिसहरू लड्न सक्ने खतरा थियो।
- अनुमति निःशुल्क छ र यसले सहरलाई मुद्दाबाट जोगाउन मद्दत गर्छ, तर प्रहरीले नियम उल्लंघन गरेमा कुनै कारबाही गर्दैन।
क्यालिफोर्निया । क्यालिफोर्नियाको सानो सहर कार्मेल बाई द सी आगन्तुकलाई दुई इन्चभन्दा अग्लो हिल भएको जुत्ता लगाउन सरकारी अनुमति पत्र (पर्मिट) लिनुपर्ने नियमका लागि चर्चित छ । यस्तो पनि नियम छ भनेर धेरैलाई पत्यार नलाग्न सक्छ, तर यो सत्य हो ।
यदि तपाईंले लगाएको जुत्ताको हिल दुई इन्चभन्दा अग्लो र एक वर्ग इन्चभन्दा पातलो छ भने पर्मिट बिना सो सहरको सार्वजनिक स्थानमा लगाउन वर्जित छ । यस्तो जुत्ता लगाउनुभन्दा अघि तपाईंले सिटी हलबाट अनुमति लिनुपर्छ ।
यद्यपि, यो अनुमति लिन कुनै शुल्क भने लाग्दैन । मानिसहरू चिनोका लागि भए पनि यस्तो पर्मिट लिने गरेका छन् । यो पर्मिट हेर्दा राम्रो पनि देखिन्छ, जसमा त्यस्तो जुत्ता लगाउन खोज्ने मानिसको नाम उल्लेख हुन्छ र त्यसलाई सरकारी अधिकारीले हस्ताक्षर समेत गरेका हुन्छन् ।
यो नियम सहरका महान्यायाधिवक्ता सन् १९६३ मा लागू गरेका थिए, जुन आजसम्म पनि जारी छ । क्यालिफोर्नियाको यो सहरमा साइप्रेस र मोन्टेरी पाइन नामक रुखहरू धेरै रहेका छन् । यी रुखहरू बुढो हुँदै जाँदा यसका जराहरू फुटपाथसम्म फैलिन्छन् । यसले मानिसहरू लड्न सक्ने खतरा बढी हुन्छ ।
उबडखाबड भएका फुटपाथमा अग्लो हिल लगाएर हिँड्न असहज हुन्छ । त्यही भएर महान्यायाधिवक्ता मानिसहरूले सहरको सरकारी कार्यालयविरुद्ध कुनै मुद्दा नहालुन् भनेर यो नियम लागू गरेका हुन् ।
प्रहरीले यो अनौठो नियम लागू गर्न कुनै कानुनी कदम चाल्दैन । तर, यदि तपाईंले अग्लो हिल लगाएर लड्नुभयो भने सहरविरुद्ध मुद्दा हाल्न पनि पाउनुहुन्न ।
यसअघि, यो सहरले आइसक्रिम खानमा पनि प्रतिबन्ध लगाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण