सारा र सिद्धान्तको ब्रेकअप !
सारांश
- बलिउड अभिनेता सिद्धान्त चतुर्वेदी र सचिन तेन्दुलकरकी छोरी सारा तेन्दुलकरको सम्बन्ध टुटेको छ।
- ब्रेकअपको निर्णय सिद्धान्तले लिएका थिए, जसले उनीहरूले एकअर्काको परिवारलाई भेटेपछि लिएका थिए।
- यसअघि साराको नाम क्रिकेटर शुभमन गिलसँग जोडिएको थियो भने सिद्धान्तको नाम नव्या नबेली नन्दसँग पनि जोडिएको थियो।
मुम्बई । बलिउड अभिनेता सिद्धान्त चतुर्वेदी र मास्टर ब्लास्टर सचिन तेन्दुलकरकी छोरी सारा तेन्दुलकरको सम्बन्धलाई लिएर विगत दुई हप्तादेखि धेरै चर्चा भइरहेको थियो । दुवै जना एकअर्कालाई डेट गरिरहेको खबर आएको थियो ।
तर अहिले टाइम्स अफ इन्डियाको रिपोर्ट अनुसार, सारा र सिद्धान्तको ब्रेकअप भएको छ। दुई जना बिचको सम्बन्ध धेरै छोटो समय टिक्यो। स्रोतले भन्यो, ‘हालै दुवैले एकअर्काबाट अलग हुने निर्णय गरे। यो पहल सिद्धान्तको तर्फबाट आएको हो। यो तब भयो जब दुवैले एकअर्काको परिवारलाई भेटे।’
स्रोतका अनुसार, यी दुईले केही दिन अघिदेखि डेट गर्न थालेका थिए तर कुरा अगाडि बढ्दै जाँदा, कुरा राम्रोसँग अघि बढ्न सकेन । यद्यपि, यो सम्बन्ध टुट्नुको वास्तविक कारण भने खुल्न सकेको छैन।
यसअघि सारा तेन्दुलकरको नाम प्रायः क्रिकेटर शुभमन गिलसँग जोडिने गरिन्थ्यो । तर हालै शुभमन आफैँले यी हल्लाहरूको अन्त्य गर्दै उनले अहिले आफू करियरमा पूर्ण रूपमा केन्द्रित रहेको र कसैसँग डेट नगरिरहेको स्पष्ट पारेका थिए ।
उता, सिद्धान्तको नाम अमिताभ बच्चनकी नातिनी नव्या नबेली नन्दसँग पनि जोडिएको थियो । दुवै जना गत वर्ष अलग्गिएका थिए। सिद्धान्तको पहिले नै दुईवटा सम्बन्ध टुटेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण