युनेस्को प्रमुख र मन्त्री पाण्डेबिच भेटवार्ता : लुम्बिनीबारे छलफल
सारांश
- संस्कृतिमन्त्री र युनेस्कोका प्रतिनिधिबीच लुम्बिनीबारे छलफल भयो, जसको मुख्य उद्देश्य लुम्बिनीलाई खतराको सूचीबाट जोगाउनु थियो।
- मन्त्री पाण्डेले लुम्बिनीमा भइरहेका सुधारात्मक कार्य र सरकारको कार्ययोजनाबारे जानकारी गराउँदै युनेस्कोसँग सहयोगको अपेक्षा गरे।
- युनेस्को प्रमुख टुइटले सहयोगको प्रतिबद्धता जनाए र तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न मन्त्रीको आग्रह स्वीकार गरे।
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र नेपालका लागि युनेस्कोका प्रमुख तथा आवासीय प्रतिनिधि याको डु टुइटबिच लुम्बिनीका विषयमा महत्त्वपूर्ण छलफल भएकाे छ । संस्कृति मन्त्रालयमा बिहीबार भएको भेटवार्ताको मुख्य उद्देश्य युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीलाई खतराको सूचीमा नराख्ने उपायहरूबारे गहन छलफल भएकाे हाे ।
मन्त्री पाण्डेले युनेस्कोकाे मापदण्डअनुसार लुम्बिनीमा विभिन्न सुधारात्मक कामहरू भइरहेको जानकारी गराउँदै सरकारले तयार पारेको कार्ययोजना (एक्सन प्लान) कार्यान्वयनमा रहेको बताए । साथै लुम्बिनीलाई स्थायी रूपमा खतराको सूचीमा नपार्ने रणनीति निर्माणका लागि युनेस्कोसँग प्राविधिक र संस्थागत सहयोग आवश्यक रहेको समेत उनले बताए।
युनेस्को प्रमुख टुइटले संस्थाको तर्फबाट पूर्ण सहयोगको प्रतिबद्धता जनाउँदै हालै सम्पन्न अन्तर्राष्ट्रिय वैज्ञानिक समितिको बैठकमा पनि लुम्बिनीसहित काठमाडौँका विषयमा सकारात्मक छलफल भएको तर्क गरे।
भेटका क्रममा मन्त्री पाण्डेले कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत तथा अन्य सम्भावित सम्पदाहरूलाई युनेस्कोको प्रारम्भिक सूचीमा समावेश गराउने विषयमा सहयोगको आग्रह गरे । साथै उनले लुम्बिनीको दीर्घकालीन प्रवर्द्धनका लागि संयुक्त राष्ट्रसंघअन्तर्गत १६ राष्ट्र सम्मिलित समितिको हालसम्मको प्रगतिको जानकारी समेत गराए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण