सिन्दूर लगाएर कान्समा पुगिन् ऐश्वर्या
नयाँ दिल्ली । बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन हालै कान्स फिल्म फेष्टिभलमा पुगिन् । यस क्रममा अभिनेत्रीले बनारसी साडी र भारी गहना लगाएकी थिइन् । तर सबै भन्दा धेरै चर्चा उनले सिउँदोमा लगाएको सिन्दूरले पायो ।
७८ औं कान्स फिल्म फेस्टिभलको लागि ऐश्वर्या भारतीय फेसन डिजाइनर मनीष मल्होत्राले डिजाइन गरेको सुन्दर साडी लगाएकी थिइन् । उनको यो लुकले फेसन समीक्षक र प्रशंसकहरूलाई दुवै प्रभावित गर्यो ।
यस लूकले अभिनेत्रीले अभिषेक बच्चनसँगको आफ्नो डिभोर्सको हल्लामा पूर्ण विराम लगाइदिएकी छिन् । यसलाई धेरैले केही नबोलीकन उनले भनी पाकिस्तानलाई थप्पड हानेर अन्तर्राष्ट्रिय मञ्चमा भारतको अपरेसन सिन्दूर को प्रतिनिधित्व गरेको रूपमा पनि अर्थ्याइरहेका छन् ।
ऐश्वर्याको लुकको बारेमा कुरा गर्दा, अभिनेत्रीको यो बहुप्रतिक्षित कान्स लुक प्रसिद्ध फेसन डिजाइनर मनीष मल्होत्राले डिजाइन गरेका थिए । अभिनेत्रीले साडी लगाएकी थिइन्, जुन हातले बुनेको बडा बनारसी ह्यान्डलूम साडी थियो । यो आइभोरी रंगको हस्तनिर्मित साडीमा चाँदीको जरीको वर्क थियो ।
साडीको साथमा अभिनेत्रीले उही रंगको सल पनि क्यारी गरेकी थिइन् । यसको साथमा अभिनेत्रीले रूबीको स्टेटमेन्ट औंठी पनि लगाएकी थिइन् । भने घाँटीमा रुबीको ठुलो नेकलेस लगाएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
-
अल्छीपन छोड्नुहोस्, आयु बढाउनुहोस्
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
-
त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित
-
मुख्यमन्त्री विजयसँग प्रेम सम्बन्धको भाइरल हल्लाबिच तृषाले तोडिन् मौनता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण