आर्थिक सुधार कार्यान्वयन कार्ययोजना स्वीकृत गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय

काठमाडौँ । सरकारले आर्थिक सुधार कार्यान्वयन कार्ययोजना स्वीकृत गर्ने निर्णय गरेको छ ।
बिहीबार सिंहदरबारमा जेठ ६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सुझाव कार्यान्वयनका लागि तयार गरिएको आर्थिक सुधार कार्यान्वयन कार्ययोजना २०८२ स्वीकृत गरिएको बताए ।
बैठकले अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति (पाँचौ संशोधन) आदेश २०८२ स्वीकृत गरेको छ भने नेपाली सेनाको सैनिक स्वास्थ्य समूह अन्तर्गत मेडिकल उपसमूहका एक जना महासेनानीको पदावधी थप गर्ने निर्णय भएको प्रवक्ता गुरुङले बताए ।
त्यस्तै सुर्खेत उपत्यका नगर बिकास समितिको स्वामित्वमा रहेको जग्गा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कर्णाली प्रदेशको प्रशासकीय भवन निर्माण प्रयोजनामा उपयोग गर्नका लागि कर्णाली प्रदेश सरकारलाई उपलव्ध गराउन सहरी बिकास मन्त्रालयलाई स्वीकृति दिने निर्णय भएको प्रवक्ता गुरुङले जानकारी दिए ।
बैठकले जेठ ११ गतेदेखि १९ गतेसम्म चीनमा आयोजना हुने एक कार्यक्रममा सहभागी हुन उद्योग मन्त्री दामोदर भण्डारीलाई स्वीकृति दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री कप भलिबल प्रतियोगिता सुरू
-
डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुखमाथि दलियो कालोमोसो
-
पत्रकार महासङ्घ काठमाडौँले बुझायो महानगरसहित ११ पालिकालाई ध्यानाकर्षणपत्र
-
क्षेत्राधिकार भन्दा बाहिर गएर परराष्ट्रले लेखेको पत्रको औचित्य छैन : शर्मा
-
यार्सा टिप्न गएका दुई जनाको मृत्यु
-
‘माओवादी फुर्को’ले साना वाममा ठुलो पहिरो, नेसपामा सम्बन्ध बिग्रियो