उदयपुरमा यौनधन्दा चलाउने र संलग्न १३ जनाविरुद्ध मुद्दा दर्ता
सारांश
- उदयपुरमा यौन धन्दामा संलग्न १३ जनाविरुद्ध मानव बेचबिखन तथा ओसारपसारको मुद्दा दर्ता गरिएको छ।
- पीडित नाबालिका छोरीहरूलाई यौन क्रियाकलापमा संलग्न गराएको आरोपमा मुद्दा दर्ता भएको छ।
- पक्राउ परेका व्यक्तिहरूमा होटल सञ्चालक, युवक र युवतीहरू संलग्न छन्, जसलाई वैशाखमा पक्राउ गरिएको थियो।
उदयपुर । उदयपुरमा यौन धन्दा चलाउने र संलग्न हुने १३ जनाविरुद्ध मानव बेचबिखन तथा ओसारपसारको मुद्दा दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी हरिहरनाथ योगीका यौन धन्दा चलाउने संलग्नको आरोपमा पक्राउ परेका १३ जनाविरुद्ध अनुसन्धान गरी सरकारी वकिल कार्यालय उदयपुरमार्फत जिल्ला अदालतमामा मुद्दा दर्ता गरिएको हो ।
उनले गएको वैशाख १६ गते जाहेरवाला (सांकेतिक नाम गाईघाट ८४ (क) र गाईघाट ८५(ख) ले नाबालिका छोरी पीडित वर्ष १३ की (साङ्केतिक नाम गाईघाट ८४) र पीडित वर्ष १५ की गाईघाट ८५ लाई कानुनको विवादमा परेका बालक (साङ्केतिक नाम गाईघाट ८६, गाईघाट ८७) स्थायी घर झापा कन्काई नगरपालिका–४ भएका त्रियुगा नगरपालिका–११ पिपल चोक डेरा गरी बस्ने वर्ष २० को विक्रम तामाङ भन्ने विक्रम रणपहेली (दर्जी), त्रियुगा–११ कै वर्ष १९ की पूर्णिमा राई, सप्तरी हनुमाननगर कंंकाली नगरपालिका–४ घर भएका वर्ष २५ का कुन्दन दासका विरुद्ध मुद्दा दर्ता गरिएका जानकारी दिए ।
यसैगरी त्रियुगा नगरपालिका–११ स्थितमा रहेको भ्यु प्वाइन्ट होटल र मकालु होटलको कोठामा लगी अपरिचित पुरुष मानिससँग यौन क्रियाकलाप (वेश्यावृत्ति) मा लगाई मानव बेचबिखन तथा ओसार पसार गरेको आरोपमा मुद्दा तर्दा गरिएको एसपी योगीको भनाइ छ ।
उनले भने– ‘पक्राउ परेका माथि उल्लेखित पीडकहरू विक्रमरण पहेली (दर्जी), कुन्दन दास, पूर्णीमा राई तथा मकालु होटलका सञ्चालक त्रियुगा नगरपालिका–११ का वर्ष ३८ का ललित भण्डारी, भ्यु प्वाइन्ट होटलका सञ्चालिका त्रियुगा नगरपालिका–१० की वर्ष २९ की सम्झना मगर तथा तीन बालक र पाँच जना बालिकासमेत गरी १३ जनालाई पक्राउ गरी मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी मुद्दामा अनुसन्धान गरी हिजो मङ्गलवार मुद्दा दर्ता गरिएको छ ।’ आरोपित सबै वैशाखमा पक्राउ परेको प्रहरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण