काठमाडौँ मेडिकल कलेजमा विश्वमै दुर्लभ रोगको सफल उपचार

काठमाडौँ । काठमाडौँ मेडिकल कलेजमा विश्वमै दुर्लभ मानिएकाे रोगको सफल उपचार गरिएको छ । विश्वमै अत्यन्तै कम देखिने रोग ‘हाइपरम्याङ्गानेसेमिया (HMNDYT1) को नेपालमै पहिलोपटक सफल उपचार गरिएको हो ।
अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर १ की मनिषा विककी २१ महिनाकी छोरी आध्या विकमा देखिएकाे स्नायु सम्बन्धी उक्त दुर्लभ हाइपरम्याङ्गानेसेमिया राेगकाे सफल उपचार गरिएकाे हाे ।
प्रारम्भमा सामान्य रूपमा हिँडडुल गर्न सक्ने उनी पछिल्लो समय एकाएक हिँड्न नसक्ने अवस्थामा पुगेकी थिइन् । उनलाई उपचारका लागि काठमाडौँ मेडिकल कलेज ल्याइएपछि उनको पेडियाट्रिक न्युरोलोजिस्ट डा. सन्तोष मिश्रको टोलीले परीक्षण सफलतापूर्वक उपचार गर्न सफल भएको हो ।
डा. मिश्रका अनुसार उनलाई हाइपरम्याङ्गानेसेमिया भएको पुष्टि हो । उनका अनुसार मस्तिष्क र स्नायु प्रणालीमा गहिरो असर पार्ने खालको उक्त रोग विश्वमै दुर्लभ मानिन्छ ।
केही हप्ताको उपचारपछि आध्या पूर्णरूपमा स्वस्थ भइ पुनः हिँड्न सक्ने अवस्थामा पुगेकी छन् । “छोरी कहिल्यै हिँड्न सक्दिन कि भनेर डराएका थियौं, तर डा. सन्तोष मिश्रज्यूले आशाको उज्यालो फर्काइदिनुभयो,” आमा मनिषा विकले भनिन् ।
डा. मिश्र बालबालिकामा देखिने मस्तिष्क, स्नायु प्रणाली, विकासजन्य विकार र मिर्गौला सम्बन्धी समस्याका विशेषज्ञ हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: धरौटी बुझाएर रिहा भए धवलशमशेर, भ्रातृ संस्थाबारे देउवा र गगन दुईतिर
-
तेस्रो सुपर ओभरमा नेदरल्यान्डसँग नेपाल पराजित
-
एघार महिनामा ४२ हजार पर्यटकले गरे रसुवाको भ्रमण
-
युद्धरत इजरायलमा रहेका नेपालीहरू सुरक्षित छन् ?
-
पाकिस्तानद्वारा इरानसँगको सीमा बन्द
-
अमेरिकी हतियार किन्ने विषयमा राष्ट्रपति ट्रम्पसँग छलफल गरिन्छ : जेलेन्स्की