काठमाडौँ मेडिकल कलेजमा विश्वमै दुर्लभ रोगको सफल उपचार
काठमाडौँ । काठमाडौँ मेडिकल कलेजमा विश्वमै दुर्लभ मानिएकाे रोगको सफल उपचार गरिएको छ । विश्वमै अत्यन्तै कम देखिने रोग ‘हाइपरम्याङ्गानेसेमिया (HMNDYT1) को नेपालमै पहिलोपटक सफल उपचार गरिएको हो ।
अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर १ की मनिषा विककी २१ महिनाकी छोरी आध्या विकमा देखिएकाे स्नायु सम्बन्धी उक्त दुर्लभ हाइपरम्याङ्गानेसेमिया राेगकाे सफल उपचार गरिएकाे हाे ।
प्रारम्भमा सामान्य रूपमा हिँडडुल गर्न सक्ने उनी पछिल्लो समय एकाएक हिँड्न नसक्ने अवस्थामा पुगेकी थिइन् । उनलाई उपचारका लागि काठमाडौँ मेडिकल कलेज ल्याइएपछि उनको पेडियाट्रिक न्युरोलोजिस्ट डा. सन्तोष मिश्रको टोलीले परीक्षण सफलतापूर्वक उपचार गर्न सफल भएको हो ।
डा. मिश्रका अनुसार उनलाई हाइपरम्याङ्गानेसेमिया भएको पुष्टि हो । उनका अनुसार मस्तिष्क र स्नायु प्रणालीमा गहिरो असर पार्ने खालको उक्त रोग विश्वमै दुर्लभ मानिन्छ ।
केही हप्ताको उपचारपछि आध्या पूर्णरूपमा स्वस्थ भइ पुनः हिँड्न सक्ने अवस्थामा पुगेकी छन् । “छोरी कहिल्यै हिँड्न सक्दिन कि भनेर डराएका थियौं, तर डा. सन्तोष मिश्रज्यूले आशाको उज्यालो फर्काइदिनुभयो,” आमा मनिषा विकले भनिन् ।
डा. मिश्र बालबालिकामा देखिने मस्तिष्क, स्नायु प्रणाली, विकासजन्य विकार र मिर्गौला सम्बन्धी समस्याका विशेषज्ञ हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण