नेपालको स्विट्जरल्यान्ड उपमा पाएको सुन्दर जिरी, २५ तस्बिरमा हेर्नुहोस्
सारांश
- सगरमाथा आरोहणको लागि जिरी हुँदै गएपछि चर्चामा आएको दोलखाको जिरीलाई 'नेपालको स्विट्जरल्यान्ड' उपमा दिइयो।
- स्विट्जरल्याण्ड सरकारको सहयोगमा जिरीमा कृषि, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा विकास भयो र विमानस्थल निर्माण गरियो।
- विमानस्थल सञ्चालनको प्रयास भए पनि जग्गा विवादका कारण काम अघि बढ्न सकेको छैन, स्थानीय बासिन्दा पुनः सञ्चालनको माग गर्दछन्।
दोलखा । ७० वर्ष अघि सगरमाथा आरोहणका लागि एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पा जिरी हुँदै उकालो लागेपछि यो सहरको चर्चा सुरु भयो । ‘सगरमाथा प्रवेशद्वार’ को नामले चिनिएको यो उपत्यकामा पर्यटकहरूको ओइरो लाग्न थालेको थियो ।
अझ २०१४ सालमा ‘जिरी बहुउद्देश्यीय विकास कार्यक्रम’ थालनी गरेर स्विट्जरल्यान्ड सरकारले कृषि, वन, यातायात, शिक्षा, स्वास्थ्य, विद्युत्, खानेपानी लगायतका सुविधा पुर्यायो । जिरीको मुख्य बजारमा बनेका संरचना, वरिपरि उभिएका सल्लाका रुख र भूबनोटले पनि यसले नेपालको स्विट्जरल्यान्डको उपमा पायो ।
_mcYraOIGwH.jpg)
अहिले पनि मानिसहरू जिरीलाई नेपालको स्विट्जरल्यान्ड भनेर चिन्छन् र घुम्न आउँछन् । अझ स्विट्जरल्यान्ड सरकारकै सहयोगको समयमा गाई फार्म, जिरी प्राविधिक विद्यालय, चिज उद्योग, जिरी अस्पताल, पक्की सडक निर्माण र हरियाली प्रवर्द्धनको काम भयो । यो उपत्यका दोलखा, रामेछाप, भक्तपुरसम्मका बिरामीका लागि उपचारको केन्द्र समेत बन्यो ।
_FXcHzRjew0.jpg)
स्विट्जरल्यान्ड सरकारले जिरीमा परियोजनाहरू सञ्चालन गर्ने क्रममा २०१७ सालपछि विमानस्थल निर्माण गर्यो । भक्तपुरको साँगाबाट सात दिन हिँडेर जिरी आइपुग्नुपर्ने सास्ती टर्यो । स्विट्जरल्यान्ड सरकारले आफ्नै स्वामित्वको जहाज र पाइलट राखेर हवाई यात्रा सञ्चालनमा ल्याएको थियो । जिरी पर्यटकीय, व्यापारिक र शैक्षिक ‘हब’ नै बन्यो ।
_c9765SjCb0.jpg)
आफ्नै देशको नक्कल गरेर स्विस सरकारले संरचनाहरू विस्तार गरेको थियो । स्विस भूगर्भविद् टोनी हेगनले भौगोलिक अवस्थाका आधारमा जिरीलाई स्विट्जरल्यान्डको ज्युरिच सहरसँग तुलना गरेका थिए । यसपछि जिरीलाई ‘नेपालको स्विट्जरल्यान्ड’ उपमा दिइयो । जिरीको तल्लो बजारलाई ‘लिङ्कन बजार’ भनिन्छ ।
_fXDsxH2NA4.jpg)
जिरीमा सडक जोडिएपछि २०४३ सालमा हवाई यात्रा बन्द भयो । अहिले धावनमार्ग बस्तुभाउको चरिचरन क्षेत्र बनेको छ । विमानस्थल पुनः सञ्चालन गर्नुपर्नेमा २०५३ सालदेखि नै आवाज उठ्दै आएको छ । तर, हालसम्म सुनुवाइ भएको छैन ।
_ru5281sELk.jpg)
तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको आश्वासनपछि २०५३ मा उक्त विमानस्थल पुनः सञ्चालन गर्नेबारे विस्तृत परियोजना प्रतिवेदन नै पेस भएको थियो । यसअघिका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले जिरीमै पुगेर ‘माउन्टेन फ्लाइट’ का लागि विमानस्थल सञ्चालनमा ल्याउने आश्वासन दिएका थिए ।
_eFcmcra1Y9.jpg)
केही वर्षअघि धावनमार्ग फैलाएर सुचारु गर्ने प्रयास हुँदै गर्दा नापी कार्यालय र पशु विकास फर्मसँग जग्गाको स्वामित्वका विषयमा विवाद भएपछि काम अघि नबढेको स्थानीयहरू बताउँछन् ।
_YWVrxjvo0t.jpg)
_1bLhX5fcuD.jpg)
_spwbyEohDh.jpg)
_GHuLXz2Y2O.jpg)
_gng5kJInaQ.jpg)
_pGiO0YSb5Y.jpg)
_D38Rgbo3Yv.jpg)
_mVfQRkV3Fe.jpg)
_alQ8miafR8.jpg)
_uXBFNv7erT.jpg)
_qwozenRql1.jpg)
_e2zbmFVBmT.jpg)
_FDSXwTcdUC.jpg)
_Ii217yZQUt.jpg)
_mjRRAhiYPL.jpg)
_I0Ngp5NXcJ.jpg)
_DofsmVyWS1.jpg)
_JCIOq1kJFE.jpg)
_Mks38GnUtb.jpg)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण