प्रहरीले भन्यो - राजावादीहरूले गर्ने प्रदर्शनमा जनधनको क्षति हुन दिँदैनौँ

समाचार सारांश
- काठमाडौं उपत्यका प्रहरी कार्यालयका एसएसपी शेखर खनालले जेठ १५ गते राजावादीहरूको प्रदर्शनलाई मध्यनजर गर्दै सुरक्षा योजना बनाउने बताए।
- प्रहरीले प्रदर्शनका लागि आवश्यक जनशक्ति व्यवस्थापन गर्ने र कुनै पनि जनधनको क्षति हुन नदिने प्रतिबद्धता जनाएको छ।
- राजावादी समूहले जेठ १५ गते राजसंस्था पुनर्स्थापनाको माग गर्दै आन्दोलन गर्ने घोषणा गरेको छ, यसअघि चैत्र १५ गतेको प्रदर्शनमा दुई जनाको मृत्यु भएको थियो।
काठमाडौँ । काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी शेखर खनालले यही जेठ १५ गते सुरक्षा योजना बनाएर अगाडि बढ्ने बताएका छन् ।
शुक्रबार प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले राजावादीहरूले जेठ १५ गते गर्ने भनिएको प्रदर्शनमा आवश्यक सुरक्षा व्यवस्था मिलाएर अघि बढ्ने बताएका हुन् ।
पत्रकार सम्मेलनमा एसएसपी खनालले भने,'जेठ १५ गते राजावादीहरूले गर्ने प्रदर्शनमा सुरक्षा व्यवस्थालाई चुस्त बनाउँछौँ । त्यसका लागि आवश्यक जनशक्ति व्यवस्थापन गरेका छौँ ।' राजावादीहरूले गर्ने प्रदर्शनमा कुनै पनि जनधनको क्षति हुन नदिने समेत एसएसपी खनालले बताए ।
राजावादी समूहले यही जेठ १५ गते राजसंस्था पुनर्स्थापनाका लागि आन्दोलन गर्ने घोषणा गरेका छन् । यसअघि गत चैत्र १५ गते काठमाडौँको तीनकुनेमा राजावादीहरूले गरेको प्रदर्शनमा एक पत्रकार सहित दुई जनाको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यथास्थितिवादी र प्रतिगामीहरूको बिचमा साँठगाँठ देखिएको भन्दै ओलीमाथि खनिए प्रचण्ड
-
ईशान चम्किँदा बेंगलुरुसामु २ सय ३२ रनको लक्ष्य
-
रास्वपाका कार्यकर्ता भन्छन्– सर्वोच्चको आदेश स्वीकार गर्छौ तर दुःखी छौँ
-
यी हुन् रवि र छविलाई थुनामै राख्न सर्वोच्चले लिएका आधारहरू
-
एक सयको हिसाब नमिल्दा क्याम्पस प्रमुखमाथि आक्रमण
-
सर्वोच्चले भन्यो : उच्च अदालतका न्यायाधीशमाथि लाञ्छनापूर्ण र अशोभनीय टीका टिप्पणी नगर्नू