प्रहरीले भन्यो - राजावादीहरूले गर्ने प्रदर्शनमा जनधनको क्षति हुन दिँदैनौँ
सारांश
- काठमाडौं उपत्यका प्रहरी कार्यालयका एसएसपी शेखर खनालले जेठ १५ गते राजावादीहरूको प्रदर्शनलाई मध्यनजर गर्दै सुरक्षा योजना बनाउने बताए।
- प्रहरीले प्रदर्शनका लागि आवश्यक जनशक्ति व्यवस्थापन गर्ने र कुनै पनि जनधनको क्षति हुन नदिने प्रतिबद्धता जनाएको छ।
- राजावादी समूहले जेठ १५ गते राजसंस्था पुनर्स्थापनाको माग गर्दै आन्दोलन गर्ने घोषणा गरेको छ, यसअघि चैत्र १५ गतेको प्रदर्शनमा दुई जनाको मृत्यु भएको थियो।
काठमाडौँ । काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी शेखर खनालले यही जेठ १५ गते सुरक्षा योजना बनाएर अगाडि बढ्ने बताएका छन् ।
शुक्रबार प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले राजावादीहरूले जेठ १५ गते गर्ने भनिएको प्रदर्शनमा आवश्यक सुरक्षा व्यवस्था मिलाएर अघि बढ्ने बताएका हुन् ।
पत्रकार सम्मेलनमा एसएसपी खनालले भने,'जेठ १५ गते राजावादीहरूले गर्ने प्रदर्शनमा सुरक्षा व्यवस्थालाई चुस्त बनाउँछौँ । त्यसका लागि आवश्यक जनशक्ति व्यवस्थापन गरेका छौँ ।' राजावादीहरूले गर्ने प्रदर्शनमा कुनै पनि जनधनको क्षति हुन नदिने समेत एसएसपी खनालले बताए ।
राजावादी समूहले यही जेठ १५ गते राजसंस्था पुनर्स्थापनाका लागि आन्दोलन गर्ने घोषणा गरेका छन् । यसअघि गत चैत्र १५ गते काठमाडौँको तीनकुनेमा राजावादीहरूले गरेको प्रदर्शनमा एक पत्रकार सहित दुई जनाको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण