शुक्रबार, ०९ जेठ २०८२
ताजा लोकप्रिय

६ सदस्यीय टेनिस टोली श्रीलंका जाने

शुक्रबार, ०९ जेठ २०८२, १४ : ४१
शुक्रबार, ०९ जेठ २०८२

समाचार सारांश

  • नेपाली टेनिस टोली श्रीलंकाको कोलम्बोमा आयोजना हुने आईटीएफ एसिया यू-१२ टिम च्याम्पियनसिपमा भाग लिन जाँदैछ।
  • टोलीमा पाँच खेलाडी र एक प्रशिक्षक छन्, जसमा पुरुष र महिला दुवैतर्फ खेलाडीहरू छन्।
  • प्रतियोगिता मे २६ देखि ३० सम्म हुनेछ र शीर्ष दुई टोलीले फाइनल चरणमा प्रतिस्पर्धा गर्नेछन्।

काठमाडौँ । आईटीएफ एसिया यू–१२ टिम च्याम्पियनसिप (दक्षिण एसियाली क्षेत्रीय छनोट) मा सहभागी हुन पाँच खेलाडीसहित ६ सदस्यीय नेपाली टेनिस टोली शनिबार श्रीलंकाको कोलम्बो प्रस्थान गर्ने भएको छ ।

प्रतियोगितामा पुरुषतर्फ विश्वविशेष डल्लाकोटी, अर्यासराज पौडेल र आरित मल्ल तथा महिलातर्फ सरा पन्त र थिअ श्रेष्ठले नेपालको प्रतिनिधित्व गर्नेछन् । नेपाली टोलीको प्रशिक्षकमा भने सूर्यभूषण वज्राचार्य रहेका छन् ।

मे २६ देखि ३० तारिखसम्म आयोजना हुने उक्त प्रतियोगितामा नेपालसहित भारत, श्रीलंका, माल्दिभ्स, भुटान, बंगलादेश र पाकिस्तानका खेलाडीको सहभागिता रहने छ । सहभागी राष्ट्रले दुई सिंगल्स र एक डबल्स स्पर्धा खेल्नु पर्नेछ ।

पुरुष र महिला दुवै स्पर्धामा शीर्ष दुई स्थानमा हासिल गर्ने राष्ट्रले काजाकिस्तानमा आगामी सेप्टेम्बरमा आयोजना हुने फाइनल चरणको प्रतियोगितामा सहभागिताको अवसर पाउने जानकारी नेपाल टेनिस संघका कार्यालय सचिव प्रवीण देवकोटाले दिए ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल टेनिस संघ तदर्थ समितिका संयोजक मनोहरदास मुललगायतले शुक्रबार एक कार्यक्रमबिच बिदाइ गरे ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप