६ सदस्यीय टेनिस टोली श्रीलंका जाने
सारांश
- नेपाली टेनिस टोली श्रीलंकाको कोलम्बोमा आयोजना हुने आईटीएफ एसिया यू-१२ टिम च्याम्पियनसिपमा भाग लिन जाँदैछ।
- टोलीमा पाँच खेलाडी र एक प्रशिक्षक छन्, जसमा पुरुष र महिला दुवैतर्फ खेलाडीहरू छन्।
- प्रतियोगिता मे २६ देखि ३० सम्म हुनेछ र शीर्ष दुई टोलीले फाइनल चरणमा प्रतिस्पर्धा गर्नेछन्।
काठमाडौँ । आईटीएफ एसिया यू–१२ टिम च्याम्पियनसिप (दक्षिण एसियाली क्षेत्रीय छनोट) मा सहभागी हुन पाँच खेलाडीसहित ६ सदस्यीय नेपाली टेनिस टोली शनिबार श्रीलंकाको कोलम्बो प्रस्थान गर्ने भएको छ ।
प्रतियोगितामा पुरुषतर्फ विश्वविशेष डल्लाकोटी, अर्यासराज पौडेल र आरित मल्ल तथा महिलातर्फ सरा पन्त र थिअ श्रेष्ठले नेपालको प्रतिनिधित्व गर्नेछन् । नेपाली टोलीको प्रशिक्षकमा भने सूर्यभूषण वज्राचार्य रहेका छन् ।
मे २६ देखि ३० तारिखसम्म आयोजना हुने उक्त प्रतियोगितामा नेपालसहित भारत, श्रीलंका, माल्दिभ्स, भुटान, बंगलादेश र पाकिस्तानका खेलाडीको सहभागिता रहने छ । सहभागी राष्ट्रले दुई सिंगल्स र एक डबल्स स्पर्धा खेल्नु पर्नेछ ।
पुरुष र महिला दुवै स्पर्धामा शीर्ष दुई स्थानमा हासिल गर्ने राष्ट्रले काजाकिस्तानमा आगामी सेप्टेम्बरमा आयोजना हुने फाइनल चरणको प्रतियोगितामा सहभागिताको अवसर पाउने जानकारी नेपाल टेनिस संघका कार्यालय सचिव प्रवीण देवकोटाले दिए ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल टेनिस संघ तदर्थ समितिका संयोजक मनोहरदास मुललगायतले शुक्रबार एक कार्यक्रमबिच बिदाइ गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण