आइतबार, ११ जेठ २०८२
ताजा लोकप्रिय

ट्रेबलबाट एक खेल टाढा पीएसजी

आइतबार, ११ जेठ २०८२, ०९ : २५
आइतबार, ११ जेठ २०८२

समाचार सारांश

  • पेरिस सेन्ट जर्मेन (पीएसजी) ले रेम्सलाई हराउँदै फ्रेन्च कपको उपाधि जितेको छ। यस जितसँगै टोली ट्रेबल जित्नबाट एक खेल टाढा छ।
  • पीएसजीले रेम्सलाई ३-० गोलले पराजित गर्यो, जसमा ब्राड्ली बारकोलाले दुई गोल गरे।
  • पीएसजीले च्याम्पियन्स लिगको फाइनलमा इन्टर मिलानसँग खेल्नेछ, जहाँ उनीहरूको ऐतिहासिक ट्रेबल जित्ने अवसर छ।

पेरिस । लिग वान विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले रेम्सलाई हराउँदै फ्रेन्च कपको उपाधि जितेको छ । योसँगै टोली अब ऐतिहासिक ट्रेबल जित्नबाट मात्र एक खेल टाढा रहेको छ ।

हालसम्म १० वटा क्लबले मात्र घरेलु लिग, घरेलु कप र युरोपियन कपको उपाधि जित्न सफल भएको छ । अर्को शनिबार म्युनिखमा च्याम्पियन्स लिगको फाइनलमा इन्टर मिलानको सामना गर्दा पीएसजीसँग ११ औँ क्लब बन्ने अवसर रहेको छ ।

टोलीले यसअघि अप्रिलको अन्त्यमा लिग उपाधि जितेको थियो । शनिबार रेम्सलाई ३–० गोलले हराउँदै टोलीले फ्रेन्च कपको उपाधि जित्न सफल भयो ।

पहिलो हाफमा ३ मिनेटको अन्तरमा ब्राड्ली बारकोलाले दुई गोल गर्दै पीएसजीलाई उत्कृष्ट सुरुवात दिएका थिए । उनले पहिलो हाफको अन्त्यमा असरफ हाकिमीका लागि गोलको अवसर सिर्जना गरे ।

यता, लुइस एनरिकेसँग पनि दुईपटक ट्रेबल जित्ने अवसर रहेको छ । उनले सन् २०१५ मा बार्सिलोनासँग यो उपलब्धि हात पारेका थिए । मात्र पेप ग्वार्डिओलले दुईपटक यो उपलब्धि हासिल गरेका छन् । उनले सन् २००९ मा बार्सिलोनासँग र सन् २०२३ मा म्यानचेस्टर सिटीसँग ट्रेबल जितेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप