ट्रेबलबाट एक खेल टाढा पीएसजी
सारांश
- पेरिस सेन्ट जर्मेन (पीएसजी) ले रेम्सलाई हराउँदै फ्रेन्च कपको उपाधि जितेको छ। यस जितसँगै टोली ट्रेबल जित्नबाट एक खेल टाढा छ।
- पीएसजीले रेम्सलाई ३-० गोलले पराजित गर्यो, जसमा ब्राड्ली बारकोलाले दुई गोल गरे।
- पीएसजीले च्याम्पियन्स लिगको फाइनलमा इन्टर मिलानसँग खेल्नेछ, जहाँ उनीहरूको ऐतिहासिक ट्रेबल जित्ने अवसर छ।
पेरिस । लिग वान विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले रेम्सलाई हराउँदै फ्रेन्च कपको उपाधि जितेको छ । योसँगै टोली अब ऐतिहासिक ट्रेबल जित्नबाट मात्र एक खेल टाढा रहेको छ ।
हालसम्म १० वटा क्लबले मात्र घरेलु लिग, घरेलु कप र युरोपियन कपको उपाधि जित्न सफल भएको छ । अर्को शनिबार म्युनिखमा च्याम्पियन्स लिगको फाइनलमा इन्टर मिलानको सामना गर्दा पीएसजीसँग ११ औँ क्लब बन्ने अवसर रहेको छ ।
टोलीले यसअघि अप्रिलको अन्त्यमा लिग उपाधि जितेको थियो । शनिबार रेम्सलाई ३–० गोलले हराउँदै टोलीले फ्रेन्च कपको उपाधि जित्न सफल भयो ।
पहिलो हाफमा ३ मिनेटको अन्तरमा ब्राड्ली बारकोलाले दुई गोल गर्दै पीएसजीलाई उत्कृष्ट सुरुवात दिएका थिए । उनले पहिलो हाफको अन्त्यमा असरफ हाकिमीका लागि गोलको अवसर सिर्जना गरे ।
यता, लुइस एनरिकेसँग पनि दुईपटक ट्रेबल जित्ने अवसर रहेको छ । उनले सन् २०१५ मा बार्सिलोनासँग यो उपलब्धि हात पारेका थिए । मात्र पेप ग्वार्डिओलले दुईपटक यो उपलब्धि हासिल गरेका छन् । उनले सन् २००९ मा बार्सिलोनासँग र सन् २०२३ मा म्यानचेस्टर सिटीसँग ट्रेबल जितेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण