आइतबार, ११ जेठ २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गुचीको साडीमा कान्स पुगिन् आलिया

आइतबार, ११ जेठ २०८२, ११ : ५५
आइतबार, ११ जेठ २०८२

नयाँ दिल्ली । आफ्नो फेसन स्टाइल र आकर्षक लुकले बलिउड अभिनेत्री आलिया भट्टले ७८ औँ कान्स फिल्म फेस्टिभलमा धेरैको मन जितेकी छिन् । उनको रेड कार्पेट लुकको चर्चा पछिल्लो समय चुलिएको छ । यस पटक कान्सको रेड कार्पेटमा आलियालाई बिल्कुलै फरक शैलीमा देखियो । 

उनको लुकको अगाडि कयौं बलिउड अभिनेत्रीहरूको फेसन, स्टाइल, पहिरनले समेत फेल खायो । पहिलो दिन आलियाले सफ्ट बेज रंगको प्रिन्सेस लुकको गाउनमा सबैलाई प्रभावित पारेकी थिइन् । मे २४ मा समापन समारोहमा चाँहि उनले एकदमै अनौठो साडी लगाएर सबैको मन जितिन् । 

आलियाले आफ्नो अद्भुत शैलीले कान्समा हंगामा मच्चाइन् । मे २४ कान्स फिल्म फेस्टिभलको अन्तिम दिन थियो । यस दिन आलिया साडी लुकमा धेरै सुन्दर देखिएकी थिइन् । साडीको विशेष कुरा यही थियो कि प्रसिद्ध फेसन हाउस गुच्चीले पहिलो पटक डिजाइन गरेको साडी थियो यो । आलिया यस लक्जरी फेसन हाउसको पहिलो भारतीय विश्वव्यापी ब्रान्ड एम्बेसडर पनि हुन् ।

गुच्चीले बनाएको यो अनौठो साडी स्वारोभस्की क्रिस्टल जडित थियो। यो साडीको ढाँचा नेटको छ । साथै यसमा ब्रान्डको लोगो पनि राखिएको छ । यस जालीभित्री छाला जस्तै देखिने कपडा थियो । ब्लाउजको डिजाइन गहिरो भी नेकलाइनको छ । साडीमा कुनै प्लेटहरू छैनन् तर यसलाई टाइट फिटिंग स्कर्टको लुक दिइएको छ । 

पल्लु पनि परम्परागत तरिकाले ओढिएको थिएन, तर यसलाई काँधमा राखेर रत्नजडित दुपट्टा जस्तै गरेर लगाइएको थियो । आलियाको यो लुकको अगाडि त्यहाँ उपस्थित सबै सुन्दरीहरूको लुक फिक्का देखिन्थ्यो । फ्यानहरूले आलियाको यो लूकमा माया वर्षाइरहेका छन् । कान्समा उनका सबै लुक्सको धेरै प्रशंसा भइरहेको छ ।

साडी आधुनिक र परम्परागत शैलीको उत्कृष्ट संयोजन थियो । आलियाले आफ्नो कपाललाई बीचको भागमा बाँधेर खुला छोडेकी थिइन् । उनको घाँटीमा सुन्दर हीराको चोकर, जडित झुम्का र हल्का औँठीले उनको समग्र लुकलाई पूरक बनाइरहेको थियो । ओठमा न्यूड लिपस्टिक र न्यूनतम मेकअप लगाएकी थिइन् । 

hq720

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप