राष्ट्रपति पौडेलद्वारा पाँच युरोपेली देशका लागि गैरआवासीय राजदूत नियुक्त
आइतबार, ११ जेठ २०८२, १६ : ०९
सारांश
- राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुईजना राजदूतलाई थप गैरआवासीय जिम्मेवारी प्रदान गर्नुभएको छ।
- बेल्जियमका लागि आवासीय राजदूत सेवा लम्साललाई लक्जेम्बर्गको गैरआवासीय राजदूतमा नियुक्त गरिएको छ।
- जर्मनीका लागि आवासीय राजदूत डा. शैल रूपाखेतीलाई होली सी, पोल्याण्ड, रोमानिया, हंगेरी र स्लोभाकियाको गैरआवासीय राजदूतको जिम्मेवारी दिइएको छ।
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा (१) अनुसार नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा दुईजना नेपाली राजदूतलाई थप गैरआवासीय जिम्मेवारी प्रदान गरेका छन्।
राष्ट्रपति कार्यालयद्वारा आइतबार जारी विज्ञप्तिअनुसार बेल्जियमका लागि नेपालकी आवासीय राजदूत सेवा लम्साललाई लक्जेम्बर्गका लागि पनि नेपालको गैरआवासीय राजदूतमा नियुक्त गरिएको छ।
त्यस्तै, जर्मनीका लागि नेपालकी आवासीय राजदूत डा. शैल रूपाखेतीलाई होली सी, गणतन्त्र पोल्याण्ड, रोमानिया, हंगेरी र स्लोभाक गणतन्त्रका लागि नेपालको गैरआवासीय राजदूतको जिम्मेवारी दिइएको राष्ट्रपति कार्यालयका उपसचिव तथा सूचना अधिकारी अर्चना खड्का अधिकारीद्वारा सार्वजनिक विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण