ठुला योजना शीघ्र सम्पन्न गर्न मन्त्री दाहालको निर्देशन
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले मन्त्रालय मार्फत सुरु भएको काठमाडौँका मुख्य योजनाहरू पूरा गराउन ताकेता गरेका छन् । सङ्घीय राजधानी भित्रका महत्त्वपूर्ण मानिएका आयोजनाहरूको स्थलगत निरीक्षण गर्दै उनले शीघ्र सम्पन्न गर्न निर्देशन समेत दिएका छन् ।
मन्त्रालयको प्रशासनिक तथा प्राविधिक नेतृत्व सहित मन्त्री दाहालले आइतबार विभिन्न पूर्वाधार योजनाहरूको निरीक्षण गरे । उनी सहित मन्त्रालयको टोलीले ग्वार्को तथा थानकोटमा निर्माणाधीन फ्लाईओभर र नागढुंगा सुरुङको निरीक्षण गरेको हो ।
मन्त्री दाहालको निरीक्षण क्रम बिहान ग्वार्को फ्लाईओभरबाट सुरु भई नागढुंगा सुरुङसम्म पुगेको थियो । ग्वार्को फ्लाईओभर निरीक्षणका क्रममा मन्त्री दाहालले सो योजना जेठ महिना भित्रमा निर्माण पूरा हुने बताए ।
निर्माण पूरा भए लगत्तै त्यहीबाट सवारी साधन सञ्चालन सुरु हुने समेत उहाँले जनाउनु भएको कछ । सो योजना पूरा हुन निर्धारित समय भन्दा ढिला भई सकेको उल्लेख गर्दै यसै महिना भित्र पूरा गरी सवारी साधन सञ्चालन हुने अवस्थामा पुर्याउन निर्देशन दिए।
ग्वार्को फ्लाईओभरको निरीक्षण पछि मन्त्री दाहालले काठमाडौँ प्रवेश गर्ने प्रमुखद्वारा मध्येको थानकोट पुगेका थिए ।उनले निर्माणाधीन फ्लाईओभरको निरीक्षण गरे । त्यस क्रममा सो फ्लाईओभर निर्माण पूरा भए पछि काठमाडौँ भित्रिने र बाहिरिने सवारी साधनको जाम हुने अवस्थाको अन्त्य हुने विश्वास गरे ।
हाल सो फ्लाईओभरका मुख्य संरचना निर्माणको काम पूरा भएको छ भने कालोपत्रेको काम भइरहेको छ । त्यस लगत्तै यस्तै मन्त्री दाहालले नागढुंगा सुरुङ मार्गको समेत निरीक्षण गर्नु भयो । निरीक्षणका क्रममा मन्त्री दाहालले सो सुरुङ मार्ग निर्माणसँगै नेपालको यातायात क्षेत्र आधुनिक सुरुङ युगमा प्रवेश गर्ने बताए ।
सुरुङको समेत मुख्य संरचना निर्माण भई सञ्चालनको अन्तिम अवस्थामा पुगेको छ । मन्त्रालयका सचिव केशवकुमार शर्माका अनुसार सुरुङ सञ्चालनको मोडिलाटी निर्माण भई रहेको छ ।
सोही मोडिलिटी अनुसार सुरुङबाट सवारी साधन सञ्चालन गरिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण