प्रेस सेन्टरले मंगलबार देशैभरी २३ औँ कृष्ण सेन स्मृति दिवस मनाउँदै

काठमाडौँ । प्रेस सेन्टर नेपालले २३ वर्षअघि राज्यबाट हत्या गरिएका पत्रकार कृष्ण सेन ‘इच्छुक’को स्मृति दिवस मनाउँदै छ । मंगलबार देशैभरी विभिन्न कार्यक्रम गरेर प्रेस सेन्टरले २३औँ सेन स्मृति दिवस मनाउन लागेको हो ।
जनदिशा दैनिकको प्रधान सम्पादक रहँदा प्रहरीले २०५९ जेठ १३ गते पत्रकार कृष्ण सेनको हत्या गरेको थियो । उनको हत्या भएको दिन हरेक वर्षको जेठ १३ गतेलाई प्रेस सेन्टरले सेन स्मृति दिवसको रूपमा मनाउने गरेको छ ।
सेन्टरको केन्द्रीय समितिले मंगलबार काठमाडौँमा २३औँ कृष्ण सेन ‘इच्छुक’ स्मृति दिवस कार्यक्रम आयोजना गरेको छ । सोमबार सङ्गठनका महासचिव मनोज घर्तीमगरले प्रेस नोट जारी गरेर केन्द्रीय समितिको आयोजना र उपत्यका, प्रतिष्ठान र एशोसियट प्रदेशको सहभागितामा कार्यक्रम गर्न लागिएको जानकारी गराएका छन् ।
काठमाडौँको बिजुलीबजारस्थित कृष्टल पार्टी भेन्यूमा बिहान ११ बजे आयोजित कार्यक्रम दुई चरणको हुने सङ्गठनले जनाएको छ ।‘दुई चरणमा गरिने कार्यक्रमको पहिलो चरणमा कृष्ण सेन ‘इच्छुक’बारे प्रेस सेन्टर नेपालले तयार पारेको भिडियो सामाग्री प्रसारण गरिनेछ’, प्रेस विज्ञप्तिमा भनिएको छ ।
दोस्रो चरणमा पिसिएन संवाद हुने र सो संवादमा ‘गणतन्त्र र समाजवादको यात्रा’ र ‘कृष्ण सेन ‘इच्छुक’ र जनपक्षीय पत्रकारिता’ बारे वक्ताहरूसँग संवाद गरिने सेन्टरले जनाएको छ । कार्यक्रममा प्रेस सेन्टर नेपालले प्रदान गर्ने विभिन्न पत्रकारिता पुरस्कार घोषणासमेत गरिने महासचिव घर्तीमगरले जानकारी दिए ।
प्रेस सेन्टरले काठमाडौँमा आयोजित कार्यक्रममा सहभागिताका लागि सङ्गठनका पूर्व अध्यक्ष तथा संयोजकहरू, संस्थापकहरू, पूर्व सल्लाहकार, पूर्वपदाधिकारी तथा सदस्यहरू, केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरू, समितिका पदाधिकारी तथा सदस्यहरू, उपत्यका, प्रतिष्ठान र एशोसियट प्रदेश, प्रदेश अन्तर्गतका जिल्ला समिति तथा शाखाका पदाधिकारी तथा सदस्यहरू, सङ्गठनका सदस्य, शुभेच्छुकहरू र सम्पूर्ण पत्रकारहरूलाई आग्रह गरेको छ ।
महासचिव घर्तीमगरले प्रेस सेन्टरले प्रदेश समिति, जिल्ला तथा शाखा र पालिका समितिहरूबाट सेनको विचार, गणतन्त्रसहितको राजनीतिक परिवर्तन, जनपक्षीय पत्रकारिताका विषयलाई केन्द्रविन्दुमा राखेर विविध कार्यक्रम गरेर देशैभर २३औँ सेन स्मृति दिवस मनाइने जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जब चिनियाँ प्यारग्लाइडर उछिट्टिएर ८ हजार ५ सय मिटरमाथि आकाशमा पुगे
-
रुपन्देहीमा प्राङ्गारिक मल कम्पनीको उद्घाटन
-
मुस्ताङमा बृहत् साइकल तथा घोडा र्याली उत्सव
-
अख्तियारमा डीआईजी ओम रानाको पदस्थापन, हिमालय श्रेष्ठको सरुवा
-
आगामी आर्थिक वर्षको बजेटबारे नाइमा : नीतिगत स्थायित्वको अनुभूति
-
प्रहरीमा ११ एसएसपी पद रिक्त, ‘हाम्रा’लाई छान्ने कि ‘राम्रा’ ल्याउने ?