जिन्सेओ आरिगाटो इन्टरनेशनल फिल्म फेस्टिभलमा पिताम्बर र रंगीलाई अवार्ड
काठमाडौँ । पहिलो पटक जापानको ‘जिन्सेओ आरिगाटो इन्टरनेशनल फिल्म फेस्टिभल २०२५’मा दुई नेपाली फिल्म ‘पिताम्बर’ र ‘रंगी’ले अवार्ड जित्न सफल भएका छन्। आइतबार भएको फिल्म फेस्टिभलमा अभिनेता सौगात मल्लले पिताम्बरबाट वेस्ट एक्टरको अवार्ड पाए भने सोही फिल्मबाट अनुप विक्रम शाहीले ब्रेक थ्र पर्फमेन्स अवार्ड हात पारेका हुन्।
त्यसैगरि सोही फिल्मकी कृषा चौलागाइँले वेस्ट निर्देशकको अवार्ड जित्न सफल भइन्। अभिनेता सलोन बस्नेतले ‘रंगी’बाट ‘ड्रामा क्याटगोरी’बाट वेस्ट एक्टरको अवार्ड जित्न सफल भए। यसैबाट वेस्ट ड्रामाको निर्देशकको अवार्ड सुरेश न्यौपानेले पाएका छन्।
अवार्ड जितेपछि चारै जनाले खुसी व्यक्त गरेका छन्। जापानमा नेपाली फिल्म वितरण गर्दै आएको युना इन्टरटेन्मेन्टले कार्यक्रमको आयोजना गरेको यो फिल्म फेस्टिभलमा अन्यले विभिन्न अवार्ड हात पार्न सफल भए।
वेस्ट निर्देशकको अवार्ड जितेपछि कृषा चौलागाइँले यो आफ्नो मात्र सफलता नभएर पिताम्बर टिमको नै भएको बताइन्। सोही कार्यक्रममा सहभागी भएका सौगात र अनुपले अवार्डमा पाउँदा निकै खुसी लागेको प्रतिक्रिया दिए। नेपालमा एक्सन जनराको यो खालको मेकिङमा निर्देशक कृषाले आँट गरेको भन्दैले धेरैले प्रशंसा गरेका थिए। उनले यसअघि फिल्म ‘ऐँचोपैचो’निर्देशन गरेकी थिइन्। जुन फिल्म समीक्षात्मक हिसाबले समेत सफल भएको थियो।
सोही अवार्ड कार्यक्रममा ड्रामा विधामार्फत फिल्म ‘रंगी’का अभिनेता सलोन बस्नेत बेस्ट एक्टरको अवार्ड जित्न सफल भए। उनले अवार्ड जितेपछि आफूलाई काम गर्न थप हौसला मिलेको बताए। उनले अवार्ड जितेपछि फिल्मका निर्देशकदेखि निर्मातासम्मलाई सम्झिएका छन्। साथै जापानबाटै उनले श्रीमती तथा फिल्मकी निर्मात्री करिश्मा केसी बस्नेतलाई धन्यवाद दिएका छन्।
यो फेस्टिभलमा विभिन्न देशका फिल्महरू समावेश भएका थिए। युवा इन्टरटेन्मेन्टले जापानमा नेपाली फिल्म वितरण गर्दै आएको छ। यस अवार्डका प्रमुख आयोजक युना इन्टरटेन्टमेन्टका प्रमुख उज्ज्वल गुरागाई हुन्। उनले यस फेस्टिभलको मुख्य आयोजना गर्नुको कारण नेपाली फिल्मको बजारलाई देश तथा विदेशमा अझ बिस्तार गर्नु रहेको बताए। यस फेस्टिभलको पुरस्कार वितरण समारोह आगामी मे २५, २०२५, साँझ ५ बजे, जापानको मेनिकन कला र संस्कृति मेमोरियल फाउन्डेसन, नागोयामा भएको हो।
यस अवार्ड समारोहका लागि गत बिहीबार नेपालबाट पिताम्बर र रंगीको टिम जापान प्रस्थान गरेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पुनः पाइला टेक्दैछुः देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण