फ्रान्सेली राष्ट्रपति म्याक्रोँलाई श्रीमतीले 'धकेले'पछि...

समाचार सारांश
- भियतनाम ओर्लने क्रममा राष्ट्रपति म्याक्रोँलाई श्रीमती ब्रिगिटले दुवै हातले पछाडि धकेलेको भिडियो सार्वजनिक भयो।
- घटनापछि राष्ट्रपति म्याक्रोँले उक्त घटनालाई हल्का रूपमा लिँदै मजाकको रूपमा लिएको बताए, र हल्ला फैलाउनेलाई दोष दिए।
- म्याक्रोँले दक्षिणपूर्वी एसिया भ्रमणको क्रममा फ्रान्सलाई अमेरिका र चीनको विकल्पको रूपमा प्रस्तुत गर्ने लक्ष्य राखेका थिए।
पेरिस । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँ र उनकी श्रीमती ब्रिगिट म्याक्रोँबीच सम्बन्ध राम्रो नभएको हल्ला चल्दै आएको छ । पछिल्लो समय भाइरल भएको भिडियोले यसमा आगोमा घ्यू थप्ने काम गरेको छ ।
म्याक्रोँ दम्पती आइतबार भियतनाम ल्यान्ड हुँदै गर्दा विमानबाट ओर्लने क्रममा ब्रिगिटले राष्ट्रपतिको मुहारलाई आफ्ना दुवै हातले पछाडि धकेल्दै गरेको भिडियोमा देखिएको थियो । यस क्रममा ब्रिगिटको एक हात म्याक्रोँको नाक र मुखमा परेको थियो । अर्को चाहिँ च्यापुमा थियो । श्रीमतीको यस्तो अप्रत्याशित व्यवहारबाट म्याक्रोँ अलिक छक्क पर्दै पछाडि हटेको देखिन्छ । त्यसपछि मुस्कुराउँदै क्यामरा भएतिर हात हल्लाउँछन् अनि दुवै दम्पती विमानको भर्याङ्गबाट तल ओर्लिन्छन् । तर ब्रिगिटले श्रीमानले अघि बढाएको हात समात्न नमानेको स्पष्ट देखिन्छ ।
दक्षिणपूर्वी एसिया भ्रमणको पहिलो गन्तव्यका रुपमा म्याक्रोँ भियतनाम पुगेका थिए । त्यहाँ उनले फ्रान्सलाई अमेरिका र चीनको विश्वसनीय विकल्पको रूपमा प्रस्तुत गर्ने भनिएको थियो । झन्डै एक दशकमा यो फ्रान्सेली राष्ट्रपतिको पहिलो भियतनाम भ्रमण थियो । यहाँबाट म्याक्रोँ इन्डोनेसिया र सिंगापुर जानेछन् ।
घटनापछि पत्रकारहरूसँग कुरा गर्दै म्याक्रोँले यो मुद्दालाई धेरै बढाइचढाइ गरिएको बताए । ‘मेरी श्रीमती र म चलिरहेका थियौँ । तर, यसमा बहस बहस भन्दा पनि धेरै मजाक थियो। हामी त मजाक गरिरहेका थियौँ । म छक्क परेँ,’ उनले भने । म्याक्रोँले २००७ मा तत्कालीन शिक्षिका ब्रिगिटसँग विवाह गरेका थिए । उनीहरूको भेट हाई स्कुलमा भएको थियो । ब्रिगिट त्यहाँ पढाउँथिन् ।
गलत सूचना फैलाइयो: म्याक्रोँ
भिडियोमाथि भएको हङ्गामाको दोष म्याक्रोँले गलत सूचना फैलाउनेहरूलाई लगाए । त्यस्ता मानिसहरूको उद्देश्य त्यो उज्यालो क्षणलाई बिगार्नु भएको पनि उनले बताए । मानिसहरूले तिललाई पहाड बनाएको उनको गुनासो थियो । हालैका हप्ताहरूमा यस्तो भएको पहिलो पटक नभएको पनि उनले बताए ।
यो कुरा हेडलाइन बनेपछि फ्रान्सेली राष्ट्रपतिको भवनले स्पष्टीकरण दिएको छ । यसलाई विवाद नभई एकान्त, रमाइलो क्षणको रूपमा वर्णन गरिएको छ । राष्ट्रपति कार्यालयका एक अधिकारीले भने, ‘यो त्यो क्षण थियो जब राष्ट्रपति र उनकी श्रीमतीले भ्रमण सुरु गर्नु अघि मुडलाई अलि हल्का बनाउने प्रयास गरिरहेका थिए । यो एउटा अन्तरङ्ग र रमाइलो क्षण थियो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम लोकमार्ग अवरुद्ध
-
निजी क्षेत्रका आयोजनाहरू समयमा नसकिने अवस्था छ : अध्यक्ष कार्की
-
आगामी बजेट अपेक्षाकृत छ, ९० प्रतिशत पुँजीगत खर्च हुनेगरी काम गर्नुपर्छ : अध्यक्ष सिंह
-
प्रविधिको प्रयोग गरेर नेपाली युवाहरुले ५१५ मिलियन भित्र्याए : कार्यकारी निर्देशक पौडेल
-
बजेटले अटो सेक्टरलाई फेरि उजागर गर्ने अठोट लिएको छ : अध्यक्ष चौधरी
-
गर्मीमा डिहाइड्रेसनको खतरा : कुन उमेरको व्यक्तिले कति पानी पिउने ?