लुम्बिनी प्रदेश सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
बुधबार, १४ जेठ २०८२, ०७ : ४६

बुटवल । लुम्बिनी प्रदेश सभा छैटौँ अधिवेशनको एघारौँ बैठक आज दिउँसो १ बजे बस्दै छ । बैठकका लागि तीन वटा सम्भावित कार्यसूची तय गरिएको छ ।
बैठकमा “प्रदेश विनियोजन विधेयक, २०८२ का सिद्धान्त र प्राथमिकता” सम्बन्धी छलफललाई निरन्तरता दिइनेछ । छलफलमा उठेका प्रश्नहरूको जवाफ आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले दिने कार्यसूचीमा उल्लेख गरिएको छ ।
यस्तै, विभिन्न समितिका प्रतिवेदनहरू पेस गरिनेछ । साथै, समितिहरूको हेरफेरसम्बन्धी जानकारी सभामुख तुलाराम घर्तीमगरले प्रदेश सभालाई गराउने सम्भावित कार्यसूचीमा समावेश गरिएको प्रदेश सभा सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परम्परा धान्न पञ्चेबाजा बजाउँछन् पाल्पाका महिला
-
पर्यटक आकर्षणको केन्द्र बन्दै ‘ढोरपाटन जलजला’
-
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
-
‘लोक सेवा आयोग हीरक महोत्सव तयारीमा व्यस्त’
-
जुनसुकै बेला जेसुकै हुन सक्छ, तयार भएर बस्नुहोस्: गृहमन्त्री
-
‘अपरेसन सिन्दूर’ को बारेमा भारतीय जनरलको नयाँ खुलासा