संसद् बैठक
विपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित
बुधबार, १४ जेठ २०८२, १३ : ११

समाचार सारांश
- विपक्षी दलहरूको विरोधका कारण प्रतिनिधि सभा बैठक आधा घण्टाका लागि स्थगित गरियो।
- गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै विपक्षी दलहरूले नाराबाजी गरे।
- मंगलबार पनि बैठक स्थगित भएको थियो, र आज बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको थियो।
काठमाडौँ । विपक्षी दलहरूले अवरोध गरेपछि प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित भएको छ । बैठक सुरु हुनेवित्तिकै विपक्षी दलहरूले उठेर विरोध गरेका थिए ।
सभामुख देवराज घिमिरेले सदन सुरु भएको जानकारी गराउनासाथ विपक्षीहरूले उठेर विरोध गरेपछि बैठक आधा घण्टाका लागि स्थगित गरिएको हो ।
भिजिट भिसा सेटिङ प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग विपक्षी दलहरूले मंगलबारदेखि संसद् अवरुद्ध गर्दै आएका छन् । विपक्षीले नाराबाजी गरेपछि मंगलबार आधा घण्टाका लागि स्थगित भएको बैठक पछि सूचना टाँसेर आज बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी राजमार्गको के छ अवस्था ? कसरी भइरहेको छ काम ?
-
असार ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले ग्वार्काे फ्लाईओभरको उद्घाटन गर्ने
-
अछाममा चट्याङ लाग्दा महिला घाइते, बाख्रा मरे
-
जेब्रा क्रसिङमा समेत जोखिममा छ ज्यान, तस्बिरहरू
-
आज कालीमाटीमा कुन तरकारी र फलफूलको कति छ थोक मूल्य ?
-
अनधिकृत संरचना हटाउन दोस्रो पटक सूचना जारी