संसद् बैठक
विपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित
बुधबार, १४ जेठ २०८२, १३ : ११
सारांश
- विपक्षी दलहरूको विरोधका कारण प्रतिनिधि सभा बैठक आधा घण्टाका लागि स्थगित गरियो।
- गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै विपक्षी दलहरूले नाराबाजी गरे।
- मंगलबार पनि बैठक स्थगित भएको थियो, र आज बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको थियो।
काठमाडौँ । विपक्षी दलहरूले अवरोध गरेपछि प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित भएको छ । बैठक सुरु हुनेवित्तिकै विपक्षी दलहरूले उठेर विरोध गरेका थिए ।
सभामुख देवराज घिमिरेले सदन सुरु भएको जानकारी गराउनासाथ विपक्षीहरूले उठेर विरोध गरेपछि बैठक आधा घण्टाका लागि स्थगित गरिएको हो ।
भिजिट भिसा सेटिङ प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग विपक्षी दलहरूले मंगलबारदेखि संसद् अवरुद्ध गर्दै आएका छन् । विपक्षीले नाराबाजी गरेपछि मंगलबार आधा घण्टाका लागि स्थगित भएको बैठक पछि सूचना टाँसेर आज बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
-
आधुनिक प्रविधिको प्रयोगबाट कृषि क्रान्ति गर्दै किसान
-
नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा खतिवडा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण