गणतन्त्रलाई समाप्त गर्नका लागि पूर्वराजाले नै नेतृत्व गरिरहेको जनमोर्चाको आरोप
सारांश
- राष्ट्रिय जनमोर्चाले गणतन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्वराजा ज्ञानेन्द्र शाहले गणतन्त्रविरोधी गतिविधि गरिरहेको आरोप लगाएको छ।
- जनमोर्चाले राजावादी शक्तिहरूले गणतन्त्रविरुद्ध षडयन्त्र गरिरहेको र पूर्वराजाको गतिविधिले भारतका कट्टरपन्थी हिन्दूवादीहरूको समर्थन रहेको आरोप लगाएको छ।
- जनमोर्चाले गणतन्त्र नेपाली जनताको बलिदानबाट प्राप्त भएको र यसलाई समाप्त पार्ने प्रयासलाई प्रतिगमनको संज्ञा दिएको छ।
काठमाडौँ । गणतन्त्र दिवसको पूर्वसन्ध्यामा राष्ट्रिय जनमोर्चाले गणतन्त्रविरोधी गतिविधिको नेतृत्व पूर्वराजा ज्ञानेन्द्र शाह स्वयंले गरिरहेको आरोप लगाएको छ। अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षरमा बुधबार जारी वक्तव्यमा राजावादी शक्तिहरूले संगठित र योजनाबद्ध तरिकाले गणतन्त्रविरुद्ध षडयन्त्र गरिरहेको दाबी गरिएको हो ।
वक्तव्यमा भनिएको छ, ‘राजावादीहरूले गणतन्त्र स्थापना भएदेखि नै त्यसको समाप्तिको प्रयास गर्दै आएका छन्। पूर्वराजाले उत्तर प्रदेशका मुख्यमन्त्रीसित भेटघाट गर्नु र भारतका कट्टर हिन्दुवादी नेताहरूको तस्बिर सार्वजनिक कार्यक्रममा प्रदर्शन गर्नुले भारतका कट्टर हिन्दुवादी शक्तिहरूको समेत समर्थन रहेको स्पष्ट देखिन्छ।’
जनमोर्चाले गणतन्त्र नेपाली जनताको एक शताब्दी लामो बलिदान र सङ्घर्षको उपज भएको स्मरण गराउँदै वर्तमानका लोकतान्त्रिक उपलब्धिलाई समाप्त पार्न खोज्ने सबै प्रयासहरूलाई प्रतिगमनको संज्ञा दिएको छ।
जनमोर्चाले राजतन्त्रको विकल्पका रूपमा स्थापित गणतन्त्र व्यवस्थाले सबै नागरिकलाई समान अधिकार सुनिश्चित गर्न खोजेको र त्यसको तुलनामा राजतन्त्र विगतको निरङ्कुशता भएको जिकिर गरेको छ। साथै, हिन्दुवादको आडमा धर्म, जात र समुदायबिच वैरभाव फैलाउने प्रयासले नेपाली समाजमा विखण्डनको खतरा उत्पन्न गराउने समेत विज्ञप्तिमा जिकिर गरिएको छ ।
राजावादी समूहले जेड १५ देखि नै आन्दोलनको घोषणा गरेको सन्दर्भमा जनमोर्चाबाट यस्तो धारणा आएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
-
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
-
मलेसियामाथि नेपालको सानदार जित
-
गाडीमा कर छल्न भन्सारमा चलखेल : रसुवाका ६ जना कर्मचारी तानिए, छानबिन समिति गठन
-
गाजामा पछिल्लो २४ घण्टामा कम्तीमा ११ जनाको मृत्यु, ३२ जना घाइते
-
भुटानी ब्याटरलाई ‘टाइम–आउट’ आउट गराएको घटनामा नेपाल क्रिकेट सङ्घले माग्यो माफी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण