नेप्से परिसूचक १७.४४ अङ्कले बढ्याे, ८ अर्ब बढीको कारोबार
काठमाडौँ । नेप्से परिसूचक दोहोरो अङ्कको सुधार आएको छ । बुधवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १७.४४ अङ्कले बढेर २ हजार ६९३.०६ विन्दुमा पुगेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४.२३ अङ्क बढेको छ भने फ्लोट इण्डेक्स १.४८ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५९ अङ्कले बढेको छ ।
बुधवार कारोबारमा आएका ३२३ कम्पनीको २ करोड ७ लाख ५९ हजार ५४७ कित्ता शेयर ८ अर्ब ५८ करोड ६० लाख रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको छ । मंगलबारको बजारमा ६ अर्ब ५२ करोड रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको थियो ।
कारोबारमा आएका मध्ये २ वटा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा बढेर कारोबार भएको छ । जसमध्येमा ओम मेगाश्री फर्मास्यूटिकल्स र पियोर इनर्जीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने ग्रिन डेभलपमेन्ट बैङ्कको शेयर मूल्य ९.८५ प्रतिशतले बढेको छ । तर बाराही हाईड्रोपावरको सर्वाधिक घटेर कारोबार भएको छ ।
बुधबार ङादी ग्रुप पावर कम्पनीको मात्रै १ अर्ब ५ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ । यस्तै, राधी विद्युतको ६० करोडको कारोबार हुँदा युनिभर्सल पावरको ५१ करोडको सेयर किनबेच भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
-
उत्तर कोरियाको आणविक दौड तीव्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण