हिरासतमा रहेका प्रसाईंले भने - चाँडै बाहिर आउँदै छु, प्रतीक्षा गर्नुहोस्
काठमाडौँ । गत चैत्र १५ गते काठमाडौँको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा अवाञ्छित गतिविधि गरेको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफू चाँडै फर्कने बताएका छन् । उनले बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफू चाँडै बाहिर निस्किने बताएका हुन् ।
उनले नेपाल र नेपाली जनतामाथि अपराधीहरुले गणतन्त्रको नाममा गरेको अत्याचार, भ्रष्टाचार, तस्करी, विरुद्ध बोली रहने र लडिरहने बताएका छन् ।
उनले आफू चाँडै नै बाहिर आउने बताउँदै नेपाल र नेपालीहरुका लागि सबै त्यागिसकेको बताए ।
उनले भनेका छन्,'अब म चाँडै बाहिर आउँदै छु। प्रतिक्षा गर्नुहोस्। मैले त सबै त्यागिसके नेपाल र नेपालीहरुका लागि। अब त उठ्नुहोस्। कति सुत्नुहुन्छरु नेपाल आमा रोहिरहेको बेला । यो लडाइँ सत्ता र शक्तिको होइनस यो सत्य, न्याय, र स्वाभिमानको लडाइँ हो। हामीले सुतेर बिताएको हरेक क्षणमा नेपालीहरुले रुदै रुदै देश छोडी रहेछन्न । ब्युझनु होस तपाईं हामी ब्युझन ढिला भयो भने देश सबै रित्तो हुनेछ । नेपाल र नेपालीको अस्थित्व साँच्चिनै विलय भएर सकिने छ ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरू सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण