गणतन्त्रले अधिकारसँगै कर्तव्यको बोध गराएको छ : मुख्यमन्त्री आचार्य

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले १८ औँ गणतन्त्र दिवसको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना एवं बधाई ज्ञापन गरेका छन् ।
मुख्यमन्त्री आचार्यले आजको दिन नेपाली जनताले ऐतिहासिक विजय हासिल गरेको दिनको रूपमा स्मरण गर्दै गणतन्त्र नेपालको गौरवपूर्ण उपलब्धि भएको उल्लेख गरेका छन् । १७ वर्षअघि नेपाली जनताले गरेको निरन्तर सङ्घर्ष, त्याग, बलिदान र जनआन्दोलनको सफलताको रूपमा हामीले यही दिन सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको उल्लेख गर्दै यही दिनबाट सम्पूर्ण नेपाली नागरिक सार्वभौम बनेको बताएका छन् ।
मुख्यमन्त्री आचार्यले गणतन्त्रले हामीलाई अधिकार मात्रै दिएको छैन, कर्तव्य पनि दिएको छ । जनताको सहभागितामूलक शासन प्रणालीमा प्रदेश सरकारहरूलाई सशक्त बनाउँदै सङ्घीयताको संस्थागत विकास र शुद्धीकरण गर्नुपर्ने बताए ।
प्रदेश सरकारको भूमिकालाई प्रभावकारी बनाउन योजनाबद्ध ढङ्गले कार्यहरू अगाडि बढाइरहेको जानकारी दिए । उनका अनुसार प्रदेश सरकारले सेवा प्रवाहको सुधार, सुशासन प्रवर्द्धन, युवालाई स्वरोजगार तथा उद्यमशीलता तर्फ प्रेरित गर्ने कार्यक्रम, कृषि आधुनिकीकरण, पर्यटन प्रवर्द्धन, पूर्वाधार विकास, शिक्षामा गुणस्तर सुधार, स्वास्थ्य सेवामा पहुँच विस्तारलगायतका क्षेत्रमा महत्त्वपूर्ण कार्यहरू अघि सारेको छ ।
उनले प्रदेश सरकार संघ र स्थानीय तहसँग सहकार्य गर्दै प्रदेशको क्षमता विस्तार, समृद्धि र सामाजिक न्याय कायम गर्न विशेष जोड दिइरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस नेता अफताव आलमलाई मस्तिष्कघात, न्यूरो अस्पतालमा भर्ना
-
नारायणहिटी आसपास क्षेत्रमा निषेधाज्ञा घोषणा
-
११ महिनापछि शेखर–गगनबिच भेटवार्ता
-
औद्योगिक क्षेत्रको विकासका लागि उद्योगीहरू पनि जिम्मेवार बन्नुपर्छ : मुख्यमन्त्री लामा
-
‘जेनेरेटिभ एआई र मिडिया शिक्षा’ विषयक कार्यशाला सम्पन्न
-
बजेटबारे सकारात्मक छैन लोकतान्त्रिक मोर्चा, तत्काल समीक्षा गर्ने