असंवैधानिक र प्रतिगमनकारी कदमप्रति सचेत रहन जरुरी छ: पूर्वमुख्यमन्त्री शाही
सुर्खेत । कर्णालीका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले असंवैधानिक र प्रतिगमनकारी कदम प्रति सचेत रहन जरुरी रहेको बताएका छन् । ठुलो बलिदानपूर्ण सङ्घर्षबाट प्राप्त राजनीतिक उपलब्धिहरू नै धरापमा पार्ने गरी गतिविधि भइरहेको उनको भनाइ छ ।
‘त्यस्ता असंवैधानिक र प्रतिगमनकारी कदम प्रति सबै सचेत हुनुपर्ने छ,’बिहीबार गणतन्त्र दिवसको शुभकामना सन्देश दिँदै शाहीले भने, ‘गणतन्त्रको स्थापनापश्चात् नै हामीले समावेशी, समानुपातिक व्यवस्था,धर्मनिरपेक्षता, सङ्घीयता लगायतका महत्त्वपूर्ण राजनीतिक उपलब्धिहरू प्राप्त गरेका छौँ । तिनको रक्षा गर्नुपर्ने सबैको दायित्व हो ।’
सबैखाले प्रतिगमनकारी, निरङ्कुश र असंवैधानिक दुस्प्रयासहरुका विरुद्ध खबरदारी गर्नुपर्ने पनि उनको भनाइ छ ।
साथै संविधानले निर्दिष्ट गरेको समाजवाद स्थापनाको बाटोमा दृढतापूर्वक अघि बढ्न उनले अपिल गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण