गणतन्त्र दिवस
टुँडिखेलभित्र भीभीआईपीको गणतन्त्र दिवस, बाहिरबाट चिह्याउँदै जनता (फोटोफिचर)
बिहीबार, १५ जेठ २०८२, ११ : २७
१
सारांश
- १८औँ गणतन्त्र दिवस काठमाडौंको टुँडिखेलमा मनाइयो, जहाँ भीभीआईपीको उपस्थिति थियो।
- विसं २०६५ जेठ १५ गते नेपालमा राजतन्त्र अन्त्य गरी गणतन्त्र घोषणा गरिएको सम्झनामा यो दिवस मनाइन्छ।
- सर्वसाधारणलाई भीभीआईपीको सहभागितामा भएको कार्यक्रम हेर्न पहुँच दिइएन, तर केहीले बारबाट हेरे।
काठमाडौँ । १८औँ गणतन्त्र दिवस बिहीबार राजधानीको टुँडिखेलमा मनाइएको छ । विसं २०६५ जेठ १५ गते जननिर्वाचित संविधानसभाको पहिलो बैठकले २४० वर्षदेखि नेपालमा कायम रहेको निरङ्कुश राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो ।
सोही दिनको स्मरणमा हरेक वर्ष जेठ १५ गते गणतन्त्र दिवस मनाउने गरिएको हो। सोही दिवसको अवसरमा बिहीबार सैनिक मञ्च टुँडिखेलभित्र भीभीआईपीको सहभागितामा गणतन्त्र दिवस मनाइयो ।
तर, यस्तो राष्ट्रिय पर्व हेर्न सर्वसाधारणले पहुँच पाउँदैनन् । जनताले ल्याएको गणतन्त्र भनेर हरेक पटक नेताहरूको भाषणमा सुनिने गरेतापनि टुँडिखेलको बार बाहिरबाट पनि सर्वसाधारणलाई भीभीआइपीको गणतन्त्र हेर्न कडाइ गरिन्छ । तैपनि प्रहरीलाई छल्दै सर्वसाधारणले बारबाट चिह्याउँदै भित्रको गणतन्त्र दिवसको तामझाम हेरिरहेको देखिन्थ्यो ।
_aU3zLDRDAZ.jpg)
_zirPP8cxZ1.jpg)
_HUtP1GbPXu.jpg)
_khT82HEpy3.jpg)
_tm3XfWnTRM.jpg)
_e6ouvN8MNo.jpg)
_ZiWDvFVuPB.jpg)
_pWnyH3Fvh6.jpg)
_8T1GS6JO6B.jpg)
_y2JEcpZzAu.jpg)
_aljTUtD4Dr.jpg)
_gx4unDuIlu.jpg)
_yi47IrnLyb.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
-
गर्मीमा कति दिनसम्म सुरक्षित रहन्छ अन्डा ?
-
युरोपलाई रूसी तेल र ग्यास जरूरी : क्रेमलिन
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण