गणतन्त्र दिवस
टुँडिखेलभित्र भीभीआईपीको गणतन्त्र दिवस, बाहिरबाट चिह्याउँदै जनता (फोटोफिचर)
बिहीबार, १५ जेठ २०८२, ११ : २७
१

समाचार सारांश
- १८औँ गणतन्त्र दिवस काठमाडौंको टुँडिखेलमा मनाइयो, जहाँ भीभीआईपीको उपस्थिति थियो।
- विसं २०६५ जेठ १५ गते नेपालमा राजतन्त्र अन्त्य गरी गणतन्त्र घोषणा गरिएको सम्झनामा यो दिवस मनाइन्छ।
- सर्वसाधारणलाई भीभीआईपीको सहभागितामा भएको कार्यक्रम हेर्न पहुँच दिइएन, तर केहीले बारबाट हेरे।
काठमाडौँ । १८औँ गणतन्त्र दिवस बिहीबार राजधानीको टुँडिखेलमा मनाइएको छ । विसं २०६५ जेठ १५ गते जननिर्वाचित संविधानसभाको पहिलो बैठकले २४० वर्षदेखि नेपालमा कायम रहेको निरङ्कुश राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो ।
सोही दिनको स्मरणमा हरेक वर्ष जेठ १५ गते गणतन्त्र दिवस मनाउने गरिएको हो। सोही दिवसको अवसरमा बिहीबार सैनिक मञ्च टुँडिखेलभित्र भीभीआईपीको सहभागितामा गणतन्त्र दिवस मनाइयो ।
तर, यस्तो राष्ट्रिय पर्व हेर्न सर्वसाधारणले पहुँच पाउँदैनन् । जनताले ल्याएको गणतन्त्र भनेर हरेक पटक नेताहरूको भाषणमा सुनिने गरेतापनि टुँडिखेलको बार बाहिरबाट पनि सर्वसाधारणलाई भीभीआइपीको गणतन्त्र हेर्न कडाइ गरिन्छ । तैपनि प्रहरीलाई छल्दै सर्वसाधारणले बारबाट चिह्याउँदै भित्रको गणतन्त्र दिवसको तामझाम हेरिरहेको देखिन्थ्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
गुजरातलाई हराउँदै दोस्रो क्वालिफायरमा मुम्बईको मार्च
-
१२ बजे १२ समाचारः आलमको मुद्दामा फैसला गर्ने न्यायाधीशमाथि छानबिनको माग, निषेधाज्ञापछि राजावादीको प्रदर्शनस्थल परिवर्तन
-
अख्तियारका डीआईजी श्रेष्ठको सरुवा रोकियो, ओम रानालाई रानीपोखरीमा पदस्थापन
-
भालुको आक्रमणबाट दार्चुलामा दुई जना घाइते
-
ट्रम्पलाई पाँच लाख आप्रवासीको कानुनी मान्यता खारेज गर्न सर्वोच्च अदालतद्वारा अनुमति
-
लेखापरीक्षणमा पारदर्शिता सुनिश्चित गर्न महालेखापरीक्षकको जोड