शनिबार, १७ जेठ २०८२
ताजा लोकप्रिय

युवा तथा खेलकुद मन्त्रालयको बजेट करिब दोब्बरले बढ्यो

बिहीबार, १५ जेठ २०८२, १६ : २०
बिहीबार, १५ जेठ २०८२

काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि युवा तथा खेलकुद मन्त्रालयमा ६ अर्ब आठ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । 

अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट वक्तव्य प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन् ।

चालू आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि खेलकुद मन्त्रालयमा विनियोजन गरिएको बजेट करिब दोब्बरले बढी हो । 

चालू आर्थिक वर्षमा युवा तथा खेलकुद मन्त्रालयका लागि तीन अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप