पोखरामा पौडी खेल्दा बेपत्ता भएका दुई बालकको शव फेला
बिहीबार, १५ जेठ २०८२, १७ : २७
_nkar8LbuVm.jpg)
समाचार सारांश
- पोखराको हेम्जास्थित मार्दी खोला ड्याममा पौडी खेल्दा हराएका दुई बालकको शव फेला परेको छ।
- माछापुच्छ्रे गाउँपालिका घर भएका १४ वर्षीय विशाल परियार र १३ वर्षीय विवश परियारको शव फेला परेको हो।
- सशस्त्र प्रहरी बलको गोताखोरले बालकहरूको शव २० फिट गहिराइबाट निकालेको थियो।
काठमाडौँ । पोखराको हेम्जास्थित मार्दी खोला ड्याममा पौडी खेल्दा हराएका दुई जना बालकको शव भेटिएको छ । माछापुच्छ्रे गाउँपालिका घर भएका १४ वर्षीय विशाल परियार र १३ वर्षीय विवश परियारको शव फेला परेको छ ।
बिहीबार दिउँसो बेपत्ता भएका उनीहरूको शव सशस्त्र प्रहरी बललको गोताखोरले निकालेको सशस्त्र प्रहरीका सहप्रवक्ता (डीएसपी) शैलेन्द्र थापाले रातोपाटीलाई बताए ।
नम्बर–२४ कालिका गणबाट खटिएको सशस्त्र प्रहरी निरीक्षक दीपेन्द्र कटवाल नेतृत्वको टोलीले २० फिट गहिराइबाट शव निलेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले क्षति गरेको कोशी लोकमार्गबारे योगेशले गराए सरकारलाई ध्यानाकर्षण
-
कालोपट्टी : जनआन्दोलनको जुनकिरी- १
-
७२औँ मिस वर्ल्डको ग्रान्ड फिनाले आज
-
राष्ट्रियस्तरको खुला शारीरिक सुगठन प्रतियोगिता आयोजना हुने
-
अन्नपूर्ण हिमाल आरोहण हिरक महोत्सवअन्तर्गतका कार्यक्रम आजदेखि
-
देशव्यापी विपद् सूचक ‘सञ्जाल’ तयार पार्दै सशस्त्र प्रहरी बल