पोखरामा पौडी खेल्दा बेपत्ता भएका दुई बालकको शव फेला
बिहीबार, १५ जेठ २०८२, १७ : २७
सारांश
- पोखराको हेम्जास्थित मार्दी खोला ड्याममा पौडी खेल्दा हराएका दुई बालकको शव फेला परेको छ।
- माछापुच्छ्रे गाउँपालिका घर भएका १४ वर्षीय विशाल परियार र १३ वर्षीय विवश परियारको शव फेला परेको हो।
- सशस्त्र प्रहरी बलको गोताखोरले बालकहरूको शव २० फिट गहिराइबाट निकालेको थियो।
काठमाडौँ । पोखराको हेम्जास्थित मार्दी खोला ड्याममा पौडी खेल्दा हराएका दुई जना बालकको शव भेटिएको छ । माछापुच्छ्रे गाउँपालिका घर भएका १४ वर्षीय विशाल परियार र १३ वर्षीय विवश परियारको शव फेला परेको छ ।
बिहीबार दिउँसो बेपत्ता भएका उनीहरूको शव सशस्त्र प्रहरी बललको गोताखोरले निकालेको सशस्त्र प्रहरीका सहप्रवक्ता (डीएसपी) शैलेन्द्र थापाले रातोपाटीलाई बताए ।
नम्बर–२४ कालिका गणबाट खटिएको सशस्त्र प्रहरी निरीक्षक दीपेन्द्र कटवाल नेतृत्वको टोलीले २० फिट गहिराइबाट शव निलेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण